सुनसरी । इटहरीमा आइतवार दिउँसो एक युवकको गतिविधिले स्थानीयलाई त्रसित बनाएको छ। इटहरी उपमहानगरपालिका–१९, मौलिया निवासी १८ वर्षीय अविनाश चौधरी खुकुरी हातमा लिएर बाटोमा हिँड्दै डरको वातावरण सिर्जना गरिरहेका थिए।
स्थानीयबाट आएको सूचनापछि प्रहरी बिट भवानीपुरबाट खटिएको टोलीले चौधरीलाई घटनास्थलमै नियन्त्रणमा लिएको हो। बाटोमै खुकुरी नचाउँदै हिँडिरहेका उनलाई प्रहरीले तत्काल काबुमा लिएको बताइएको छ।
नियन्त्रणपछि गरिएको चेकजाँचका क्रममा चौधरीको साथबाट एक थान खुकुरी र ०.४३ ग्राम ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ। बरामद लागूऔषध र हतियारसहित उनलाई इलाका प्रहरी कार्यालय इटहरीमा ल्याई थप अनुसन्धान अघि बढाइएको छ।
प्रहरीका अनुसार घटनाबारे आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइँदैछ।











Discussion about this post