• pradeshpoint
  • Pradeshpoint
Tuesday, January 27, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

ओखलढुंगामा फेरि दम्पती हत्या: एक महिनामै उस्तै प्रकृतिको दोस्रो घटना

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ माघ १३ गते, १७:२० बजे प्रकाशित
in FEATURE, अपराध खबर
ओखलढुंगामा फेरि दम्पती हत्या: एक महिनामै उस्तै प्रकृतिको दोस्रो घटना
6
SHARES
Share on FacebookShare on Twitter

ओखलढुंगा । ओखलढुंगाको चिशङ्खुगढी गाउँ फेरि एकपटक रगतले रङ्गिएको छ। एक महिना नबित्दै उस्तै प्रकृतिको अर्को जघन्य अपराध घटेपछि भदौरे क्षेत्र भय र असुरक्षाको चपेटामा परेको छ।

चिशङ्खुगढी–६ को बोहोरे टोलमा बस्दै आएका अन्दाजी ८१ वर्षीय चन्द्रविक्रम राई र उनकी ८० वर्षीया पत्नी चन्द्रमाया राईको सोमबार राति हत्या भएको अवस्थामा शव फेला परेको हो। स्थानीयका अनुसार उनीहरू लामो समयदेखि सानो पसल सञ्चालन गर्दै आएका थिए र लुटपाटकै उद्देश्यले हत्या गरिएको आशंका गरिएको छ।

प्रहरीका अनुसार, घरको दोस्रो तलास्थित सुत्ने कोठामा श्रीमान् खाटमै सिरक ओढिएको अवस्थामा मृत फेला परे भने श्रीमतीको शव खाटको छेउ भुइँमा, सिरकले छोपिएको अवस्थामा भेटिएको थियो। मंगलबार बिहान करिब ७ः४० बजे घटनाको सूचना प्रहरी चौकी निशङ्खेमा पुगेको थियो।

सूचना पाउनासाथ प्रहरी टोली घटनास्थल पुगेको र सुरक्षा व्यवस्था कडा बनाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरी नायब उपरीक्षक मदन केसीका अनुसार घटनास्थल सुरक्षित राखी थप अनुसन्धानका लागि प्रहरी परिचालन गरिएको छ।

यो घटना एक्लो भने होइन। यसअघि गत पुस १५ गते सोही वडाको गैरीगाउँमा मगर दम्पतीको लुटपाटपछि हत्या भएको थियो। त्यसभन्दा केही महिना अघि, असोज २६ गते सिद्धिचरण नगरपालिका–४ चार्खुमा एकल महिला रत्नकुमारी कटवाल (कार्की) पनि हत्या भएकी थिइन्।

यी घटनामा संलग्न भएको आरोपमा मिलन भनिने सङ्गम राई, विनोद राई, प्रकाश भुजेल र दोर्जे भनिने अशोक भुजेल गरी चार जना युवालाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाइरहेको छ।

लगातार उस्तै ढाँचामा भएका हत्याले गाउँ नै त्रसित बनेको छ। वृद्ध दम्पतीलाई निशाना बनाइएका यस्ता घटनाले शृङ्खलाबद्ध अपराधको आशंका बढाएको स्थानीयको भनाइ छ। नागरिक सुरक्षामाथि गम्भीर प्रश्न उठेको भन्दै दोषीलाई तत्काल पहिचान गरी कडा कारबाही गर्न स्थानीयवासीले प्रहरीसमक्ष जोडदार माग गरेका छन्।

Related Posts

विराटनगरमा खसीको मासु २०० रुपैयाँले महँगियो
FEATURE

विराटनगरमा खसीको मासु २०० रुपैयाँले महँगियो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ माघ १३ गते, १८:५३ बजे प्रकाशित
0

इनरुवा । विराटनगरका मासु व्यवसायीले खसीको मासुको मूल्य एकाएक प्रतिकिलो २०० रुपैयाँले बढाएका छन्। पुस ३० गते राति गरिएको निर्णय...

इनरुवा नगरपालिकाद्वारा एन्स्योर परियोजनाको कार्यक्रमको शुभारम्भ
FEATURE

इनरुवा नगरपालिकाद्वारा एन्स्योर परियोजनाको कार्यक्रमको शुभारम्भ

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ माघ १३ गते, १५:४२ बजे प्रकाशित
0

इनरुवा – विद्यार्थी र युवा जनशक्तिलाई सही मार्गनिर्देशन गर्ने उद्देश्यका साथ इनरुवा नगरपालिकाले दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना...

अस्पतालबाटै हरायो किशोरीको शव, गोलबजारमा प्रश्नमाथि प्रश्न

अस्पतालबाटै हरायो किशोरीको शव, गोलबजारमा प्रश्नमाथि प्रश्न

२०८२ माघ १३ गते, ११:२८ बजे प्रकाशित
इटहरीमा खुकुरी देखाउँदै आतङ्क मच्चाउने युवक पक्राउ

इटहरीमा खुकुरी देखाउँदै आतङ्क मच्चाउने युवक पक्राउ

२०८२ माघ १२ गते, १२:२८ बजे प्रकाशित
भारतले मनाउँदैछ ७७ औँ गणतन्त्र दिवस, राष्ट्रपतिले गर्नेछिन् समारोहको नेतृत्व

भारतले मनाउँदैछ ७७ औँ गणतन्त्र दिवस, राष्ट्रपतिले गर्नेछिन् समारोहको नेतृत्व

२०८२ माघ १२ गते, १२:०९ बजे प्रकाशित
इटहरीको मुख्य चोकमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

इटहरीको मुख्य चोकमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

२०८२ माघ ११ गते, १२:१६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

विराटनगरमा खसीको मासु २०० रुपैयाँले महँगियो

विराटनगरमा खसीको मासु २०० रुपैयाँले महँगियो

२०८२ माघ १३ गते, १८:५३ बजे प्रकाशित
ओखलढुंगामा फेरि दम्पती हत्या: एक महिनामै उस्तै प्रकृतिको दोस्रो घटना

ओखलढुंगामा फेरि दम्पती हत्या: एक महिनामै उस्तै प्रकृतिको दोस्रो घटना

२०८२ माघ १३ गते, १७:२० बजे प्रकाशित
इनरुवा नगरपालिकाद्वारा एन्स्योर परियोजनाको कार्यक्रमको शुभारम्भ

इनरुवा नगरपालिकाद्वारा एन्स्योर परियोजनाको कार्यक्रमको शुभारम्भ

२०८२ माघ १३ गते, १५:४२ बजे प्रकाशित
अस्पतालबाटै हरायो किशोरीको शव, गोलबजारमा प्रश्नमाथि प्रश्न

अस्पतालबाटै हरायो किशोरीको शव, गोलबजारमा प्रश्नमाथि प्रश्न

२०८२ माघ १३ गते, ११:२८ बजे प्रकाशित
इटहरीमा खुकुरी देखाउँदै आतङ्क मच्चाउने युवक पक्राउ

इटहरीमा खुकुरी देखाउँदै आतङ्क मच्चाउने युवक पक्राउ

२०८२ माघ १२ गते, १२:२८ बजे प्रकाशित
भारतले मनाउँदैछ ७७ औँ गणतन्त्र दिवस, राष्ट्रपतिले गर्नेछिन् समारोहको नेतृत्व

भारतले मनाउँदैछ ७७ औँ गणतन्त्र दिवस, राष्ट्रपतिले गर्नेछिन् समारोहको नेतृत्व

२०८२ माघ १२ गते, १२:०९ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1393 shares
    Share 557 Tweet 348
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    818 shares
    Share 327 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    788 shares
    Share 315 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    765 shares
    Share 306 Tweet 191
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    722 shares
    Share 289 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist