सुनसरी । विराटनगरमा सुनको मूल्य दिनदिनै बढ्दै जाँदा सुनचाँदी व्यवसायीहरू चिन्तित बनेका छन्। विवाहको सिजन चलिरहे पनि पसलमा अपेक्षित कारोबार हुन सकेको छैन। महँगो सुनका कारण ग्राहकहरू किन्नभन्दा टाढा हुन थालेका
व्यवसायीहरूका अनुसार पहिले ठूलो परिमाणमा सुन किन्ने ग्राहक अहिले थोरै मात्रामा किन्छन्, धेरैजसो पुरानो सुन सटासाट गर्न आउने गरेका छन्। सुनको बिक्री घटे पनि चाँदीतर्फ भने माग केही बढेको छ।
सुन व्यवसाय संघका अनुसार अन्तर्राष्ट्रिय बजार र विदेशी मुद्राको असरले नेपाली बजारमा सुनको मूल्य नयाँ उचाइमा पुगेको छ। हाल कारोबार २० प्रतिशतमा झरेको भन्दै व्यवसायीहरू निराश छन्।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा ३ लाख १८ हजार ८०० रुपैयाँ पुगेको छ भने चाँदी तोलाको ७ हजार ३०० रुपैयाँ कायम भएको छ, जुन हालसम्मकै उच्च हो।











Discussion about this post