• pradeshpoint
  • Pradeshpoint
Sunday, February 1, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

जनता क्याम्पसमा पाँच करोड रुपैयाँमा छात्रावास निर्माण हुदै

६९ जनालाई विद्यार्थीलाई छात्रवृत्ति प्रदान, ५१ लाखको चेक हस्तान्तरण

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ माघ १५ गते, २०:५२ बजे प्रकाशित
in FEATURE, स्थानीय खबर
जनता क्याम्पसमा पाँच करोड रुपैयाँमा छात्रावास निर्माण हुदै
13
SHARES
Share on FacebookShare on Twitter

इटहरी । सुनसरीको इटहरीमा सञ्चालित जनता बहुमुखी क्याम्पसमा पाँच करोड खर्चेर छात्रावास निर्माण हुने भएको छ । संघीय सरकारले चालु आर्थिक वर्षको बजेटमा बहुवर्षीय योजना अन्तर्गत बजेट छुट्याएर पहिलो किस्ताको रकम निकासा गरेसँगै निर्माणको प्रक्रिया सुरु भएको हो ।
क्याम्पसको १३ औं परिषदसभा उद्घाटन समारोहमा विहीबार क्याम्पस सञ्चालक समितिका अध्यक्ष विकास केसीले नक्सा पास भइ माटो परीक्षण गरेर अब ठेक्काको प्रक्रियामा गएको बताए । छात्रावास निर्माणका लागि पहिलो चरणमा एक करोड ४२ लाखको काम सुरु हुन लागेको हो । यहाँ छात्राबास निर्माण भएसँगै पूर्वी पहाडी जिल्ला र मधेश प्रदेशबाट आउने छात्रालाई डेरा बस्नुपर्ने बाध्यता अन्त्य हुनेछ ।
पछिल्लो अढाई वर्ष यता क्याम्पसमा पढ्ने आउने विद्यार्थीका लागि सात वटा वस सेवा पनि सञ्चालन गरि विद्यार्थीलाई निःशुल्क सेवा प्रदान गर्दै आएको क्याम्पसको परिषदसभामा जानकारी दिइयो । वसमार्फत सुनसरीको बराहक्षेत्र, दुहवी, इनरुवासहित पूर्व मोरङ्को विराटचोससम्मका विद्यार्थीलाई सहजता भएको छ । इटहरीभर विद्यार्थीलाई पनि थप सुविधा भएको छ ।
यस्तै, विश्वविद्यालय अनुदान आयोगमार्फत एक करोड रुपैयाँ अनुदान ल्याएर क्याम्पसको मुल भवनभन्दा पछाडि थप भवन निर्माण गरिएको छ । भौतिक पूर्वाधारतर्फ कोशी प्रदेश सरकारको २५ लाख लगानीमा कम्पाण्ड वाल निर्माण, स्ववियू भवन निर्माण, इ ब्लकको दोस्रो तल्ला पूर्ण रुपमा र तेस्रो तलाको छत निर्माण भएको छ । यस्तै, विद्यार्थीलाई खानेपानीका लागि फिल्टरको व्यवस्था, सिसि क्यामेरा जडान, इ हाजिरी, प्रविधिमैत्री कक्षा सञ्चालनका लागि स्मार्ट बोर्ड खरीदलगायतका महत्वपूर्ण कार्य भएको अध्यक्ष केसीले बताए ।
केसी नेतृत्वको टीमले विषय विभागलाई व्यवस्थित गर्न दस थान कम्प्यूटर खरीद र इन्टरनेटको पहुँच विस्तार गर्न रिपिटरको व्यवस्था गरेको छ । उनकै नेतृत्वले पोखरी सुधार, ड्रेनेज निर्माण, क्याम्पसमा नर्सको व्यवस्था, जर्नल प्रकासन, मुख्य विषय अग्रेजी लिएका विद्यार्थीका लागि सम्मेलनको आयोजना र क्याम्पसको कामलाई चुस्त दुरुस्त बनाउन सफ्टवेयर खरीद गरेर सञ्चालन गरेको छ ।

क्याम्पसले छ महिनाअघि विदेशी दुईवटा प्रतिष्ठित विश्वविद्यालयसँग सम्झौता समेत गरेको थियो । जसमा भारतको हरियाणमा रहेको बाबा मस्तनाथ र भारतकै राजस्थानमा रहेको श्री जे जे टि विश्वविद्यालयसँग सम्झौता गरेको थियो । सो सम्झौतापछि पुस ५ र ६ गते दुई दिने अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन समेत गरेको थियो ।

६९ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण
क्याम्पसको परिषदसभा उद्घाटनका क्रममा ६९ जना विद्यार्थीलाई एक लाख ९७ हजार ३५० रुपैेयाँको छात्रवृत्ति पनि वितरण गरियो । जसमा २० जना दाताले अक्षयकोषमा राखेको रकमबाट ब्याज र यूजिसी कार्यक्रम अन्तर्गत प्राप्त रकमबाट विभिन्न शंकायमा उत्कृष्ट, जेहेन्दार, गरिव, दलित तथा असहाय विद्यार्थीलाई रकम वितरण गरिएको क्याम्पस प्रमुख डाक्टर गीता अधिकारीले बताइन् । साथै, यसै वर्षदेखि थप दुई जना दाताले अक्षयकोष स्थापना गरेका छन् ।
विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नकै लागि इटहरीका उद्योगी व्यापारी भिमबहादुर पौडेलले विहीबार नै ५१ लाख रुपैयाँको चेक सञ्चालक समितिका अध्यक्ष केसी र क्याम्पस प्रमुख अधिकारीलाई हस्तान्तरण गरिएको छ । अब आगामी वर्षदेखि ठूलो संख्यामा विद्यार्थीलाई लाभ पुग्नेछ । व्यापारी पौडेलले पुस ५ गते जनता क्याम्पसले आयोजना गरेको अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन उद्घाटनका क्रममा अक्षयकोष स्थापना गर्ने घोषणा गरेका थिए । धनकुटाको मारेकटहरेबाट व्यापार गर्न इटहरी झरेका पौडेल दृढ संकल्पका साथ व्यापारमा लागेकैले गर्दा पछिल्लो समय नामूद भएका छन् ।
सोही क्रममा कर्मचारीमध्ये यामनाथ पौडेललाई नगदसहित सम्मान गरियो । भर्खरै सकिएको इटहरी उपमहानगरस्तरीय राष्ट्रपति रनिङ् शिल्डमा भलिवलतर्फ विजयी भएका छात्रलाई सम्मान पनि गरियो । यस्तै, एक महिनाअघि भएको अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनमा आर्थिक सहयोग गर्ने दातालाई कदरपत्र समेत प्रदान गरियो ।
क्याम्पसको परिषदसभा उद्घाटनका क्रममा इटहरीका मेयर हेमकर्ण पौडेलले अबको प्रतिनिधीसभाको निर्वाचनमा देश बनाउने एजेन्डा भएका नेतालाई चयन गर्नुपर्ने राय राखे । उनले सुल्झाए, ‘अब चुनावमा प्रतिस्पर्धा गर्ने व्यक्तिसँग देश बदल्ने संकल्प, सिद्दान्त अनि भ्रष्टाचार अन्त्य संकल्प सवै कुरा सोधीखोजी गरेर चित्तबुझदो व्यक्तिलाई मतदान गर्नुपर्र्छ ।’
विश्वविद्यालय अनुदान आयोग नेपालबाट गुणस्तर सुनिश्चितता प्रत्यायानको प्रमाणपत्र प्राप्त गर्न सफल जनता क्याम्पसमा स्नातक तहमा बिएड, बिबिएस, बिए, बिआइसिटिई तथा स्नातकोत्तरतर्फ एमएडसँगै एमबिएसका शैक्षिक कार्यक्रम सञ्चालन गरेको छ । कक्षा ११ र १२ का शैक्षिक कार्यक्रम पनि सञ्चालन गरेको छ । यहाँ पाँच हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

Tags: छात्रावास निर्माणजनता क्याम्पसपाँच करोड रुपैयाँमापाँच हजार विद्यार्थी

Related Posts

विराटनगरमा मोरङको दबदबा, पहिलो कोशी एलाइट कप जित्यो
FEATURE

विराटनगरमा मोरङको दबदबा, पहिलो कोशी एलाइट कप जित्यो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ माघ १८ गते, १२:०० बजे प्रकाशित
0

इनरुवा । विराटनगरको मेरिलेवन ज्वाला क्रिकेट मैदान शनिबार उत्सवमय बन्यो । घरेलु क्रिकेटमा नयाँ इतिहास रच्दै मोरङले प्रथम कोशी एलाइट...

प्रदेश स्तरीय अप्रेन्टिसिप अल्मुनाइ समिति गठन सम्पन्न
FEATURE

प्रदेश स्तरीय अप्रेन्टिसिप अल्मुनाइ समिति गठन सम्पन्न

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ माघ १६ गते, १८:४२ बजे प्रकाशित
0

सुनसरी। २४ महिने अप्रेन्टिसिप कार्यक्रम अन्तर्गत प्रदेश स्तरीय अप्रेन्टिसिप पूर्व विद्यार्थी (अल्मुनाइ) समिति गठन गरिएको छ। दिगो तथा सम्मानित रोजगारका...

प्रदेश स्तरीय अप्रेन्टिसिप अल्मुनाइ समिति गठन सम्पन्न

प्रदेश स्तरीय अप्रेन्टिसिप अल्मुनाइ समिति गठन सम्पन्न

२०८२ माघ १६ गते, १८:३० बजे प्रकाशित
“मोरङमा सादा पोशाकका घुमुवा प्रहरी अझै सक्रिय, अवैध असुलीको आरोप”

“मोरङमा सादा पोशाकका घुमुवा प्रहरी अझै सक्रिय, अवैध असुलीको आरोप”

२०८२ माघ १६ गते, १४:१७ बजे प्रकाशित
निर्वाचन लक्ष्यित बजेट वितरण तीव्र, आयोग र सुरक्षा निकायलाई अर्बौं स्रोत

निर्वाचन लक्ष्यित बजेट वितरण तीव्र, आयोग र सुरक्षा निकायलाई अर्बौं स्रोत

२०८२ माघ १६ गते, १२:३९ बजे प्रकाशित
भ्रष्टाचार अन्त्य र सुशासन अबको पुस्ताको जिम्मेवारी : बालेन

भ्रष्टाचार अन्त्य र सुशासन अबको पुस्ताको जिम्मेवारी : बालेन

२०८२ माघ १६ गते, १२:०८ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

विराटनगरमा मोरङको दबदबा, पहिलो कोशी एलाइट कप जित्यो

विराटनगरमा मोरङको दबदबा, पहिलो कोशी एलाइट कप जित्यो

२०८२ माघ १८ गते, १२:०० बजे प्रकाशित
प्रदेश स्तरीय अप्रेन्टिसिप अल्मुनाइ समिति गठन सम्पन्न

प्रदेश स्तरीय अप्रेन्टिसिप अल्मुनाइ समिति गठन सम्पन्न

२०८२ माघ १६ गते, १८:४२ बजे प्रकाशित
प्रदेश स्तरीय अप्रेन्टिसिप अल्मुनाइ समिति गठन सम्पन्न

प्रदेश स्तरीय अप्रेन्टिसिप अल्मुनाइ समिति गठन सम्पन्न

२०८२ माघ १६ गते, १८:३० बजे प्रकाशित
“मोरङमा सादा पोशाकका घुमुवा प्रहरी अझै सक्रिय, अवैध असुलीको आरोप”

“मोरङमा सादा पोशाकका घुमुवा प्रहरी अझै सक्रिय, अवैध असुलीको आरोप”

२०८२ माघ १६ गते, १४:१७ बजे प्रकाशित
निर्वाचन लक्ष्यित बजेट वितरण तीव्र, आयोग र सुरक्षा निकायलाई अर्बौं स्रोत

निर्वाचन लक्ष्यित बजेट वितरण तीव्र, आयोग र सुरक्षा निकायलाई अर्बौं स्रोत

२०८२ माघ १६ गते, १२:३९ बजे प्रकाशित
भ्रष्टाचार अन्त्य र सुशासन अबको पुस्ताको जिम्मेवारी : बालेन

भ्रष्टाचार अन्त्य र सुशासन अबको पुस्ताको जिम्मेवारी : बालेन

२०८२ माघ १६ गते, १२:०८ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1393 shares
    Share 557 Tweet 348
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    818 shares
    Share 327 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    788 shares
    Share 315 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    765 shares
    Share 306 Tweet 191
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    722 shares
    Share 289 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist