इनरुवा । उदयपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार पारसमणि गेलाल विजयी भएका छन्। उनले ३० हजार ५९० मत प्राप्त गर्दै चुनाव जितेका हुन्।
उनका निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका राजेशकुमार राईकोले ११ हजार ६०६ मत पाए। गेलालले राईकोलाई १८ हजार ९८४ मतको फराकिलो अन्तरले पछि पारेका छन्।
निर्वाचन परिणाम अनुसार नेपाली कम्युनिस्ट पार्टीका बलदेव चौधरी १० हजार २१ मतसहित तेस्रो स्थानमा रहे। त्यसैगरी नेपाली कांग्रेसका बिदुर बस्नेतले ९ हजार ६७५ मत प्राप्त गरे भने नेकपा एमालेका उम्मेदवार दुर्गाकुमार थापाले ९ हजार २०६ मत पाए।
उक्त निर्वाचन क्षेत्रमा यसअघि भने नेपाली कांग्रेसका डा. नारायण खड्का निर्वाचित भएका थिए।











Discussion about this post