काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ठूलो सफलता हासिल गरेको छ। प्रत्यक्षतर्फ १२५ सिट जितिसकेको रास्वपाले समानुपातिकतर्फ पनि करिब ५८ सिट पाउने प्रक्षेपण गरिएको छ।
हालसम्मको मतगणनाको आधारमा रास्वपाले कुल सदर मतको करिब ४८ प्रतिशत मत प्राप्त गरेको देखिएको छ। गणना बाँकी मतसमेत जोड्दा यो हिस्सा करिब ५३ प्रतिशतसम्म पुग्न सक्ने अनुमान गरिएको छ। यसअनुसार प्रतिनिधिसभामा रास्वपाको कुल सांसद संख्या करिब १८३ पुग्ने देखिएको छ।
निर्वाचन आयोगले बन्दसूचीमा आधारित सेन्ट–लक (Saint-Laguë) विधि प्रयोग गरेर विभिन्न क्लस्टरका आधारमा समानुपातिक सांसद चयन गर्ने व्यवस्था छ। सोही आधारमा रास्वपाको बन्दसूचीबाट ५८ जना सांसद चयन हुने प्रारम्भिक गणना गरिएको हो।
संविधानअनुसार संसदमा कम्तीमा ३३ प्रतिशत महिला प्रतिनिधित्व अनिवार्य भएकाले रास्वपाबाट समानुपातिकतर्फ ४८ जना महिला र १० जना पुरुष सांसद बन्ने देखिएको छ।
रास्वपाले गत पुस १३ गते निर्वाचन आयोगमा बुझाएको बन्दसूचीको आधारमा तयार गरिएको प्रारम्भिक सूचीमा निम्न नामहरू सम्भावित रूपमा अगाडि देखिएका छन्।
पुरुष (जम्मा १०)
खस आर्य
- रमेश प्रसाईं
- सुदीप ढकाल
- प्रमोद न्यौपाने
जनजाति
- डा. राम लामा
- खुश्बु सरकार श्रेष्ठ
- (मिङ्मा ग्याबु शेर्पा – सम्भावित)
मधेशी
- सुप्रभात यादव
- खगेन्द्र कर्ण
दलित
- प्रकाशचन्द्र परियार (प्रकाश वि.क.) – सम्भावित
थारू
- सुरेन्द्र चौधरी
मुस्लिम
- मत प्रतिशतका आधारमा एक जना पर्न सक्ने सम्भावना
महिला (जम्मा ४८)
खस आर्य (१५)
- प्रतिभा रावल
- रचना खतिवडा
- लिमा अधिकारी
- विदुषी राणा
- समीक्षा बाँस्कोटा
- श्रद्धा कुँवर क्षेत्री
- टिका सङ्ग्रौला
- क्रान्तिशिखा धिताल
- आकृति अवस्थी
- सृष्टि भट्टराई
- मञ्जु भुषाल
- प्रभा कार्की
- शोभा खनाल
- रत्ना कुमारी थापा
- ज्ञानु पौडेल
जनजाति (१४)
- बशुमाया तामाङ
- गंगा छन्त्याल
- सुन्निमा उदास
- अनुष्का श्रेष्ठ
- ओजश्वी शेरचन
- सृजना श्रेष्ठ
- रजनी श्रेष्ठ
- कुसुम मर्हजन
- भूमीका श्रेष्ठ
- प्रमिला कुलुजु
- सुजता तामाङ
- कृपा मर्हजन
- एलिजा गुरुङ
- जीना विष्ट
मधेशी (८)
- पुनम कुमारी अग्रवाल
- निशा मेहता
- ललिता कुमारी
- अंकिता ठाकुर
- सरिता महतो
- कामिनी कुमारी
- सुनिता कुमारी चौधरी
- पुनम साह
दलित (६)
- रिमा विश्वकर्मा
- अमृता विक
- सिता वादी
- स्मृति सेञ्चुरी
- सुस्मा स्वर्णाकार
- तारा विश्वकर्मा
थारू (३)
- गीता चौधरी
- उर्मिला चौधरी
- करिश्मा कठरिया
मुस्लिम (२)
- समिना मियाँ
- अफ्सना बानु
निर्वाचन आयोगले बन्दसूची, मत प्रतिशत र समावेशी क्लस्टरको आधारमा अन्तिम रूपमा नाम घोषणा गर्ने भएकाले केही नाममा सामान्य फेरबदल हुन सक्ने सम्भावना भने रहेको छ।
रास्वपाको यो परिणामसँगै नयाँ सरकार गठन, संसदमा शक्ति सन्तुलन र समावेशी प्रतिनिधित्वबारे चर्चा सुरु भएको छ। अब आयोगले औपचारिक घोषणा गरेपछि मात्र समानुपातिक सांसदहरूको अन्तिम सूची स्पष्ट हुनेछ।









Discussion about this post