इनरुवा । सुनसरीको हरिनगर गाउँपालिका–३ गौतमपुरबाट प्रहरीले करिब २ सय केजी गाँजासहित सिटी सफारी बरामद गरेको छ।
बुधबार राति करिब १२ बजे इलाका प्रहरी कार्यालय हरिनगरा र प्रहरी चौकी भुटाहाबाट खटिएको संयुक्त प्रहरी टोलीले शंका लागेपछि जाँच गर्ने क्रममा उक्त लागूऔषध गाँजा बरामद गरेको हो।
प्रहरीका अनुसार सिटी सफारी रोकेर जाँच गर्न खोज्दा चालक प्रहरीलाई देख्नेबित्तिकै सवारी छाडेर फरार भएका थिए। त्यसपछि सवारी साधनभित्र राखिएको करिब २ सय केजी गाँजा प्रहरीले नियन्त्रणमा लिएको हो।
बरामद गरिएको गाँजा र सिटी सफारीलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान सुरु गरेको जनाएको छ। फरार चालकको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ।










Discussion about this post