सुनसरी । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई स्वच्छ, निष्पक्ष, भयरहित तथा शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन खटिएका निर्वाचन प्रहरीहरूको बिदाइ कार्यक्रम सुनसरीमा सम्पन्न भएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीमा आयोजित कार्यक्रममा मिति २०८२ माघ १८ गते नियुक्त भई निर्वाचन सुरक्षामा खटिएका निर्वाचन प्रहरीहरूलाई मिति २०८२ फागुन २८ गते औपचारिक रूपमा बिदाइ गरिएको हो।
कार्यक्रममा कार्यालय प्रमुख को प्रमुख आतिथ्य रहेको थियो। उनले निर्वाचन प्रहरीहरूले निर्वाह गरेको जिम्मेवारीको उच्च मूल्याङ्कन गर्दै अनुशासित र जिम्मेवार ढंगले काम गरेको भन्दै धन्यवाद व्यक्त गरे। साथै आगामी दिनमा पनि देश र समाजप्रति जिम्मेवार रहन निर्देशन दिएका थिए।
कार्यक्रममा सहित अन्य वरिष्ठ प्रहरी अधिकृतहरूले निर्वाचनमा खटिएका प्रहरीहरूको योगदानको प्रशंसा गर्दै उनीहरूलाई प्रमाण–पत्र वितरण गरेका थिए।
प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सुरक्षित र व्यवस्थित बनाउन निर्वाचन अवधिभर जिल्लाका विभिन्न मतदान केन्द्र तथा संवेदनशील क्षेत्रमा निर्वाचन प्रहरी खटाइएको थियो। निर्वाचन सम्पन्न भएपछि उनीहरूलाई औपचारिक रूपमा बिदाइ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।










Discussion about this post