इटहरी । सुनसरीको इटहरी वडा नं. ४ मा सञ्चालित किन्डर पिलर एकेडेमीको १०औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विहीबार भएको छ ।
कार्यक्रममा प्ले–ग्रुपदेखि कक्षा एलकेजीसम्मका विद्यार्थीहरूले नृत्य, गीत, रोल–प्ले लगायतका आकर्षक तथा मनमोहक प्रस्तुती प्रस्तुत गरे । साना बालबालिकाको प्रतिभा, आत्मविश्वास र सृजनशीलता झल्किने प्रस्तुति देखेर अभिभावक तथा उपस्थित अतिथिहरूले निकै प्रशंसा गरेका थिए ।
कार्यक्रमले बालबालिकाको सर्वाङ्गीण विकास, आत्मविश्वास वृद्धि तथा सिर्जनात्मक क्षमताको विकास गर्न महत्वपूर्ण भुमिका खेल्ने स्कुलका प्रिन्सिपल देवी आचार्यले बताइन् । कार्यक्रम आचार्यकै अध्यक्षतामा भएको थियो भने कार्यक्रममा प्रमुख अतिथिका रूपमा निजी विद्यालयको छाता संगठन सुनसरीका अध्यक्ष प्याब्सनका अध्यक्ष थानेश्वर ढकाल प्रमुख अथिति रहेका थिए । कार्यक्रममा हिसान केन्द्रीय उपाध्यक्ष मुकुन्द घिमिरे, एन प्याब्सन इटहरीका अध्यक्ष पुष्प अधिकारी, हिसान स्कुल इटहरीका संयोजक केशव भट्टराई, प्रिमियर कलेजका कार्यकारी प्रमुख सुनिल भुसाल, नागरिक समाज इटहरीका महासचिव सुरेन्द्र तामाङ्लगायतको उपस्थिती रहेको थियो ।
सुनसरीमा एलपी ग्यासको कृत्रिम अभाव, बजारमा कालोबजारीको गुनासो, प्रशासन मौन
सुनसरी। सुनसरीका विभिन्न बजार क्षेत्रमा एलपी ग्यासको कृत्रिम अभाव देखिएको भन्दै उपभोक्ताले कालोबजारी भइरहेको गुनासो गरेका छन्। बजारमा ग्यास अभाव...










Discussion about this post