सुनसरी । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ पश्चात सुनसरी निर्वाचन क्षेत्र नं. ४ बाट निर्वाचित माननीय इन्जिनियर दिपक कुमार साहलाई भोक्राहा नरसिंह गाउँपालिकाले औपचारिक रूपमा बधाई तथा शुभकामना व्यक्त गरेको छ। गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले एक सन्देश जारी गर्दै नव निर्वाचित सांसद साहको सफल कार्यकालको कामना गरेका हुन्।
अध्यक्ष आजादले जनआकांक्षा र परिवर्तनको चाहनाले प्रेरित समकालीन राजनीतिक यात्रापछि जनप्रतिनिधिको रूपमा प्राप्त यस जिम्मेवारीलाई अवसरका रूपमा उपयोग गर्नुपर्ने उल्लेख गरेका छन्। उनले लोकतान्त्रिक मूल्य, मान्यता र संस्थागत सुदृढीकरणतर्फ साहको नेतृत्व प्रभावकारी बन्ने विश्वास व्यक्त गरेका हुन्।
बधाई तथा शुभकामना सन्देशमा राष्ट्र, प्रदेश र स्थानीय तहबीच समन्वयको सेतु निर्माण गर्दै समग्र विकास, सुशासन प्रवर्द्धन तथा जनमैत्री सेवा प्रवाहमा उल्लेखनीय उपलब्धि हासिल हुने अपेक्षा गरिएको छ। गाउँपालिकाले जनताको विश्वासलाई केन्द्रमा राख्दै उत्तरदायी, पारदर्शी र परिणाममुखी कार्यशैलीमार्फत उदाहरणीय नेतृत्व प्रस्तुत गर्न आग्रहसमेत गरेको छ।
अन्त्यमा अध्यक्ष आजादले माननीय साहको सुस्वास्थ्य, दीर्घायु तथा उज्ज्वल र सफल कार्यकालको कामना व्यक्त गर्दै गाउँपालिकाको तर्फबाट हार्दिक शुभेच्छा प्रकट गरेका छन्।














Discussion about this post