• pradeshpoint
  • Pradeshpoint
Sunday, April 12, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
in FEATURE, पालिका खबर
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन
7
SHARES
Share on FacebookShare on Twitter

सुनसरी । अर्गानिक कृषि प्रणालीलाई प्रवर्द्धन गर्दै किसानलाई जैविक खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले सुनसरीको बर्जु गाउँपालिकामा ‘अर्गानिक कम्पोष्ट, झोल मल एवम् जैविक विषादी उत्पादन सम्बन्धी ४ दिने तालिम’ सञ्चालन गरिएको छ।

बर्जु गाउँपालिकाको कृषि विकास शाखाको आयोजनामा सुरु भएको तालिमको उद्घाटन गाउँपालिका अध्यक्ष जिवछ रायको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुधिर साफी विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।तालिम उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष रायले पछिल्लो समय रासायनिक मल तथा विषादीको अत्यधिक प्रयोगका कारण माटोको उर्वराशक्ति घट्दै गएको र मानव स्वास्थ्यमा समेत प्रत्यक्ष असर परिरहेको बताए। उनले स्थानीय तहले कृषकलाई आधुनिक तरिका मात्र नभई प्राकृतिक र दीगो कृषि प्रणालीतर्फ अभिमुख गराउने नीति लिएको उल्लेख गर्दै तालिमबाट किसानले व्यावहारिक सीप सिक्ने विश्वास व्यक्त गरे।

प्रमुख प्रशासकीय अधिकृत सुधिर साफीले कृषिमा आत्मनिर्भर बन्नका लागि उत्पादन लागत घटाउनुपर्ने र त्यसका लागि जैविक मल तथा विषादी उत्पादन निकै प्रभावकारी हुने बताए। उनले किसानलाई रासायनिक मलमा निर्भर नबनाई स्थानीय स्रोत साधन प्रयोग गरी कम्पोष्ट मल, झोल मल तथा जैविक विषादी घरमै उत्पादन गर्ने प्रविधि सिकाउनु पालिकाको दीर्घकालीन योजना रहेको बताए।चार दिनसम्म सञ्चालन हुने तालिममा सहभागी कृषकलाई अर्गानिक खेतीका आधारभूत सिद्धान्त, माटो व्यवस्थापन, जैविक मल तयार गर्ने विधि तथा जैविक विषादी बनाउने तरिकाबारे सैद्धान्तिक तथा व्यावहारिक रूपमा प्रशिक्षण दिइँदैछ।

तालिममा विशेषगरी वर्मी कम्पोष्ट, झोल मल (जिवामृत/गौमूत्र मिश्रण), हरियो मल, प्राकृतिक विषादी लगायतका सामग्री तयार गर्ने तरिका सिकाइने कृषि विकास शाखाले जनाएको छ।

तालिम अवधिमा किसानलाई खेतमै प्रयोग गर्न मिल्ने गरी स्थानीय रूपमा उपलब्ध गोबर, पातपतिङ्गर, घाँस, जैविक पदार्थ, नीम, लसुन, खुर्सानी, तितेपाती लगायतका सामग्रीबाट विषादी उत्पादन गर्ने तरिका समेत सिकाइने छ।

बर्जु गाउँपालिकाभित्रका विभिन्न वडाबाट किसानहरूको उल्लेखनीय सहभागिता रहेको छ। तालिममा सहभागी कृषकहरूले पछिल्लो समय रासायनिक मल महँगो हुँदै गएको र समयमा उपलब्ध नहुने समस्या बढेकाले अर्गानिक विधि सिक्न पाउँदा खुसी व्यक्त गरेका छन्।कृषकहरूका अनुसार घरमै सजिलै उत्पादन गर्न सकिने झोल मल तथा जैविक विषादीको प्रयोगले उत्पादन लागत घट्ने र स्वास्थ्य तथा वातावरणमैत्री खेती गर्न सहयोग पुग्नेछ।

कृषि विकास शाखाका अनुसार बर्जु गाउँपालिकाले दीगो कृषि विकासलाई प्राथमिकतामा राख्दै आगामी दिनमा यस्ता तालिमलाई निरन्तरता दिने योजना बनाएको छ। तालिममार्फत किसानलाई जैविक खेतीप्रति आकर्षित गराउँदै पालिकाभित्र उत्पादन हुने तरकारी, धान, गहुँ लगायतका कृषि उपजलाई अर्गानिक ब्रान्डिङ गर्ने लक्ष्य समेत राखिएको छ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कर्मचारी, कृषि शाखाका प्राविधिक, प्रशिक्षक तथा कृषकहरूको उपस्थिति रहेको थियो। तालिम अन्त्यमा सहभागीलाई प्रमाणपत्र वितरण गरिने कृषि विकास शाखाले जनाएको छ।

बर्जु गाउँपालिकाले सञ्चालन गरेको यस किसिमको तालिमले किसानलाई आत्मनिर्भर बनाउने मात्र होइन, स्वस्थ माटो, सुरक्षित खाद्य उत्पादन र दीगो कृषि विकासतर्फ महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

Tags: अर्गानिक खेती प्रवर्द्धनतालिम सञ्चालन

Related Posts

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ
FEATURE

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
0

सुनसरी । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले नक्कली नम्बर प्लेट प्रयोग गरी सञ्चालनमा रहेका चारवटा निजी...

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न
FEATURE

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित
0

चिराैली । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न भएको छ। तालिम गाउँपालिकाको कृषि शाखाको आयोजनामा सञ्चालन...

सुशासन प्रवर्द्धनका लागि भोक्राहा नरसिंहमा LGPAS प्रशिक्षण

सुशासन प्रवर्द्धनका लागि भोक्राहा नरसिंहमा LGPAS प्रशिक्षण

२०८२ चैत्र १९ गते, १८:२४ बजे प्रकाशित
बालेन शाहको पुर्ख्यौली गाउँ एकडारा र भोक्राहा नरसिंहबीच सहकार्य विस्तार, टोलीलाई सम्मान

बालेन शाहको पुर्ख्यौली गाउँ एकडारा र भोक्राहा नरसिंहबीच सहकार्य विस्तार, टोलीलाई सम्मान

२०८२ चैत्र १७ गते, २०:१४ बजे प्रकाशित
प्रशासनिक टोलीको समन्वयमा गतिशील भोक्राहा नरसिंह, विकासमा देखियो गुणात्मक फड्को

कार्यालय समय, पोशाक र सेवा डेलिभरीमा अध्यक्ष आजादको निर्देशन

२०८२ चैत्र १७ गते, ११:०९ बजे प्रकाशित
‘जेनजी’को रगतको हिसाब खोज्दै प्रहरी : सीडीओ छवि रिजाल पक्राउ

‘जेनजी’को रगतको हिसाब खोज्दै प्रहरी : सीडीओ छवि रिजाल पक्राउ

२०८२ चैत्र १७ गते, ९:०७ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित
सुशासन प्रवर्द्धनका लागि भोक्राहा नरसिंहमा LGPAS प्रशिक्षण

सुशासन प्रवर्द्धनका लागि भोक्राहा नरसिंहमा LGPAS प्रशिक्षण

२०८२ चैत्र १९ गते, १८:२४ बजे प्रकाशित
बालेन शाहको पुर्ख्यौली गाउँ एकडारा र भोक्राहा नरसिंहबीच सहकार्य विस्तार, टोलीलाई सम्मान

बालेन शाहको पुर्ख्यौली गाउँ एकडारा र भोक्राहा नरसिंहबीच सहकार्य विस्तार, टोलीलाई सम्मान

२०८२ चैत्र १७ गते, २०:१४ बजे प्रकाशित
प्रशासनिक टोलीको समन्वयमा गतिशील भोक्राहा नरसिंह, विकासमा देखियो गुणात्मक फड्को

कार्यालय समय, पोशाक र सेवा डेलिभरीमा अध्यक्ष आजादको निर्देशन

२०८२ चैत्र १७ गते, ११:०९ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1396 shares
    Share 558 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    819 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist