शुभ नारायण यादव /सप्तरी ।
सप्तरीमा पोखरीमा डुबेर दुई बालिकाको अाज मृत्यु भएको छ ।
मृत्यु हुनेमा सप्तरीको कञ्चनरुप नगरपालिका वडा न.–५ बस्ने सुकदेव सदाकि १३ वर्षीया छोरी रजनी कुमारि सदा र जितन सदाकी १४ वर्षीया छोरी सेन्द्री कुमारि सदा रहेकि छिन ।
इलाका प्रहरी कार्यालय कञ्चनपुरका अनुसार अत्यधिक गर्मी बढेका कारण सात÷आठ जना बालिकाहरू मिलेर सोही ठाउँका दीपक चौधरीको पोखरीमा अाज दिउँसो नुहाउन गएका थिए ।
सोही क्रममा रजनी र सेन्द्री पानीमा डुबेको स्थानीयवासीले बताएको छ ।
सेन्द्रीको पोखरीमा डुबेकै अवस्थामा मृत्यु भएको छ भने रजनीको कञ्चनपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्युु भएको सप्तरी प्रहरीले जनाएको छ ।
यता साे घटनाकाे विषयमा थप अावश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
Discussion about this post