शुभ नारायण यादव /सप्तरी ।
सप्तरीको रुपनी गाउँपालिका वडा न.६ विरेन्द्र बजार स्थित पुर्व पश्चिम राजमार्गमा सवारी दुर्धटनामा परी एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्लाकाे रुपनी गाउपालिका वडा न. ६ विरेन्द्र बजार स्थित पुर्व पश्चिम राजमार्गमा पश्विमबाट पुर्व तर्फ आउदै गरेको स ४ प १३३४ नं.को मोटरसाइकलले पैदल यात्री रुपनी गाउपालिका वडा न.–६ का ५५ बर्षिय दिप नारायण मेहतालाई ठक्कर दिई घाइते भएकाको तत्काल उपचारको लागी गजेन्द्र नारायण सिंह अस्पताल राजबिराज ल्याउदा उपचारको क्रममा मृत्यु भएको छ । यता मृतककाे शव कानुन बमोजिम लास जाँच मुचुल्का लगायत कानुनी प्रकृया पुरा भई मोटरसाइकल चालक र मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको अन्य थप अनुसन्धान कार्य भईरहेकाे जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रबक्ता माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।
Discussion about this post