शुभ नारायण यादव /सप्तरी ।
सप्तरीमा कुटपिटबाट एक बृद्घ महिलाको मृत्यु भएको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा न. ८ प्रवाहापट्टीटोल की ६० बर्षिया जिरा देवी मण्डलको मृत्यु भएको हो । डाक्नेश्वरी नगरपालिका वडा न. ८ प्रवाहापट्टीटोलका गोसाई मण्डलको छोरा २६ वर्षिय मनोज मण्डलले साईकलमा मल बोकी ल्याउदै गरेको अवस्थामा गाँउको एक बालकलाई साईकलले छोएको बिषयलाई लिएर झै–झगडा तथा कुटपिट हुदा घटना स्थलमा झगडा छुट्याउन भनि गएका मनोज मण्डलको आमा जिरा देवी मण्डललाई समेत कुटपिट गरी घाईते बनाए पछि तत्काल उपचारको लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको थियो भने मृतक लाशको कानुन बमोजिम पोष्टमार्टम समेतको कार्य सम्पन्न भई लाशको शव परिवारजनलाई बुझाएको छ । यता साे घटनामा संलग्न कुटपिट गर्ने ब्यक्तिहरुको पहिचान एवम खोजतलाश कार्य जारी रहेको घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रबक्ता माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।
Discussion about this post