शुभ नारायण यादव /सप्तरी । सप्तरीकाे राजगढ गाउपालिका वडा नं. ५ मलेखपुर स्थित सडक खण्डमा स्कुटि दुर्घटना हुदा एक युवतीको मृत्युु भएको छ । सप्तरीको पत्थरगाढा बाट राजबिराज तर्फ जादै गरेको मधेश प्रदेश -०१-००४ प ३३४७ नं. को स्कुटी आफै अनियन्त्रित भई दुर्घटना हुदाँ उक्त स्कुटीमा सवार रहेका सप्तरीकाे शम्भूनाथ नगरपालिका वडा नं.१० बस्ने बर्ष ३० की राज कुमारी साहकाे मृत्युु भएको प्रहरीले जनाएको छ । साे दुर्घटनामा घाईते भई युवती साहकाे तत्कालै उपचारको लागी गजेन्द्र नारायण सिंह अस्पताल राजबिराज ल्याएकोमा त्यहा उपचार हुन नसकेपछि थप उपचारको लागी बि.पि.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा धरानमा लगेकोमा साहको ECG गर्दा मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।यता मृतक लास कानुन बमोजिम लास जाँच मुचुल्का तथा पोष्ट मार्टम समेतको कार्य भई थप अनुसन्धान कार्य भई रहेको सप्तरी प्रहरीले जनाएको छ ।
Discussion about this post