राजेश घिमिरे /चितवन ।
पत्रकारमाथि कुटपिटको उजुरीको आधारमा पक्राउ पुर्जी जारी गरेपछि विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख फरार भएका छन्। चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले प्राधिकरणका कार्यालय प्रमुख राजिवकुमार सिंहलाई पक्राउ गर्न आइतबार नै पक्राउ पुर्जी जारी गरिएको बताए।
‘हामीले उनलाई पक्राउ गर्ने प्रयास गरिरहेका छौं तर सकिएको छैन। उनी अहिले फरार छन्,’ आफूलाई भेट्न पुगेका पत्रकार महासंघका प्रतिनिधिसँग तामाङले भने। प्रजिअ तामाङले विद्युत् प्राधिकरणका कर्मचारीहरूले आफूलाई फोन गरेर पक्राउ परेका कर्मचारीलाई रिहा नगरे विद्युत् लाइन काटिदिने धम्कीसमेत दिएको बताए।
तामाङले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलेसमेत फोन गरेर ‘कर्मचारीहरूलाई थुन्दा समस्या पर्न सक्छ है’ भनेको बताएका छन्।
असार ३१ गते प्राधिकरण पुगेका पत्रकार कृष्ण आचार्यले कार्यालयभित्रै मदिरासहितको भोज गरिरहेको तस्वीर खिचेपछि कर्मचारीहरूले उनलाई लछारपछार गर्दै लखेटेका थिए। उनीहरूले आचार्यका दुईवटा मोबाइल सेट पनि नियन्त्रणमा लिएका थिए।
सोही दिन राति र भोलिपल्ट गरेर प्रहरीले ७ जना कर्मचारीलाई नियन्त्रणमा लिएर हिरासतमा राखेको थियो। पत्रकार आचार्यको परिवारले भने कार्यालय प्रमुख सिंहकै निर्देशनमा कुटपिट गरिएको भन्दै उनीसहित ८ जनाविरूद्ध किटानी जाहेरी दर्ता गरेका थिए। उनीहरुविरूद्ध अभद्र व्यवहारको मुद्दा दर्ता भएको छ।
आचार्य चितवनबाट प्रकाशन हुने नारायणी अनलाइनका सम्पादक र सञ्चारपत्र दैनिकका प्रकाशक हुन्।
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न
चिराैली । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न भएको छ। तालिम गाउँपालिकाको कृषि शाखाको आयोजनामा सञ्चालन...










Discussion about this post