मान बहादुर ठकुल्ला/ टीकापुर/ कैलालीकाे टीकापुर नगरपालिका अन्तरगतका विभिन्न स्थानमा संस्थाकाे नाममा ठगी गर्ने एक महिला पक्राउ परेकी छन ।टीकापुर नगरपालिका वडा न ७,८र ९ स्थित बनगाउँ,पदमपुर, झुङ्गा, फाँटा र अरुणाफाँटा गाउँमा मानिसहरुलाई आफु Good Neighbour संस्थाको कर्मचारी हुँ भनी परीचय दिई ३ बर्ष देखी १८ बर्ष सम्मका बालबालिकाहरुका अभिभवाकबाट जनही रु.५००।– का दरले रकम संकलन गरी राष्ट्रिय बाणिज्य बैंकमा खाता खोली १५% रकम खातामा जम्मा गरी दिने र बिद्यालय जाने बालबालिकाहरुको लागी कापी, किताब, कलम, झोला र ड्रेस समेत संस्थाले उपलब्ध गराउने भनी प्रलोभन देखाई ३०४ जना बालबालिकाबाट रु.१,५२,०००।– (एक लाख बाउन्न हजार) रकम संकलन गरेको अवस्थामा पक्राउ गरेकाे ईलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी हेम बहादुर शाहीले जानकारी दिएका छन ।पक्राउ पर्नेमा जिल्ला बर्दिया राजापुर नगरपालिका वडा नं.१० खैरी चन्दनपुर बस्ने बर्ष २४ की कबिता थारु रहेकाे र उनलाईलाई यस कार्यालयमा ल्याई कैलाली जिल्ला अदालतबाट ठगी सम्बन्धि कसुरमा दिन ६ को म्याद थप गरि अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएकाे छ ।
Discussion about this post