शुभ नारायण यादव /सप्तरी ।
सप्तरीमा केही दिन यता पोखरीमा डुबेर मृत्यु हुनेको संख्यामा बृद्वि हुन गरेको छ । जिल्लाको बोदेबर्साईन नगरपालिका वडा न.८ काचन स्थित रहेको लक्ष्मी साहको पोखरीमा मिता राम दासको छोर्री ५/६ बर्षिया नन्दनी कुमारी दासको नुहाउने क्रम्मा पोखरीमा डुबेर मेत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । पोखरीमा डुबेर गम्भिर घाईते भई उपचारको लागि शत्रुधन अस्पताल बोदेबर्साईन सप्तरीमा ल्याई उपचारको क्रममा .अस्पतालको चिकित्सकले मृतक घोषणा गरेको प्रहरीले जनाएको छ । मृतक लासको कानुन बमोजिम लास जाँच मुचुल्का लगायतको पोष्टमार्टम.कार्य भइ अन्य थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका सुचना अधिकारी प्र.ना.उ.माधव प्रसाद काफ्लेले जनाएको छ । सुचना अधिकारी प्र.ना.उ. काफ्लेले स– साना नाबालक तथा नाबालिकाहरु नजिकमा रहेको पोखरी, नाला, नदीहरु नुहाउन नदिन, अभिभावकहरुले स– साना केटाकेटीहरुलाई एक्लै नछोड्ने सर्वसाधारण आम जनताहरु सचेत गराई दिन हुन समेत आग्रह गरेका छन ।
Discussion about this post