इनरुवा । दिगो कृषि सहकारी संस्था लिमिटेड इनरुवा ९ बवियाको कार्यालय उद्धघाटन कार्यक्रम गरिएको छ ।
सहकारीको काम र कार्यक्रमलाई सहज गर्नका लागि कार्यालय उद्धघाटन गरिएको हो ।
आज कार्यक्रमका प्रमुख अथिती एंव इनरुवा ९ का वडाध्यक्ष बसिरुद्धिन मंसुरीले उद्धघाटन गर्दै सहकारीले समुदायलाई जोड्ने भएकाले वडा सरकारले समेत सहकारीसँग समन्वय गरेर सहयोग गर्ने बताए ।
उनले आफ्नो वडामा रहेको २ वटा कृषि सहकारी सहित ५ वटा सहकारी रहेकोमा सबैलाई समन्वय गरेर लाने समेत बताए ।
कार्यक्रममा गोरखापत्र दैनिकका जयकृष्ण यादवले सहकारीहरुको कार्यवाट समुदायलाई लाभ पुग्ने भएकाले इमान्दारीतापुर्वक सहकारीलाई अगाडी बढाउनुपर्नेमा जोड दिए ।
यादवले साना साना पुँजीलाई एकीकृत गर्ने र बचत सँगै ऋण समेत प्रवाह गर्ने भएकाले यसमा समन्वय, सहकार्य र इमान्दारीता आवश्यक रहेको बताए ।
उनले आफुसँग बचत भएको पैसा सहकारीमा बचत गर्न र आवश्यक परेको बेला ऋणको रुपमा लिन समेत आग्रह गरे ।
त्यस्तै वडा सदस्य मनोज कुमार यादवले वडा सरकारले सहकारीहरुको लागि आफुहरुले सक्दो योजना र कार्यक्रम ल्याएर सहयोग गर्ने बताए ।
अर्का वडा सदस्य देवकी नेपालले आफुहरु जनताबाट निर्वाचित सदस्य भएकाले सहकारीहरुलाई वडामा गरेको योगदान र जनमौत्री कामको आधारमा उतकृष्टलाई अगामी वर्षदेखी सम्मान गर्ने कार्यक्रम समेत ल्याउने बताइन् ।
त्यस्तै वडा सदस्य रामसुन्दर मेहताले छुट्टाछुट्टै रहेका विचार र समुहलाई एकीकृत गर्ने सहकारी संस्था नै उत्तम भएकाले यसमा लाग्नका लागि आग्रह गरे ।
कार्यक्रममा वडा सदस्य कुस्मी खत्वे, आपंगता भएका व्यक्ति खालिद खाँ , संस्थाका उपाध्यक्ष मोहबुद आलम , सोहेव खाँ, सत्यनारायण खत्वे लगायतको उपस्थिती रहेको थियो ।
Discussion about this post