मान बहादुर ठकुल्ला
टीकापुर / कैलालीको टीकापुर नगरपालिका वडा नं ७ सत्तीमा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । टीकापुर नगरपालिका वडा न ७मा रहेका युवाहरुकाे समूह युवा संजालकाे अायाेजनामा संचालन भएकाे रक्तदान कार्यक्रममा भानु सामुदायिक पुस्तकालय तथा श्राेत केन्द्र र शिवशक्ती ज्वैलर्सले सहयाेग गरेका थिए । कैलालीको टीकापुरमा रहेकाे नेपाल रेडक्रस साेसाईटीले संचालन गरेकाे ब्लड बैकमा रगतकाे कमी भएकाे भन्दै युवा संजालले रक्तदान कार्यक्रम संचालन गरेकाे युवा संजालका अध्यक्ष सन्ताेष नेपाली जानकारी दिए । आज भएकाे रक्तदान कार्यक्रममा ४३ जनाले रक्तदान गरेका छन भने टीकापुर नगरपालिका नगर प्रमुख रामलाल डगाैरा थारुले समेत रक्तदान गरेका छन । युवा संजालका अध्यक्ष सन्ताेष नेपालीकाे अध्यक्षता भएको कार्यक्रममा टीकापुर नगरपालिका का नगरप्रमुख रामलाल डगाैरा थनरु प्रमुख अतिथि रहेका थिए । प्रमुख थारूले युवा संजालले रक्तदान कार्यक्रम गरि समाजका लागि उदाहरणीय काम गरेकाे भन्दै धन्यबाद समेत दिएका छन ।
Discussion about this post