शुभ नारायण यादव/ सप्तरी । सप्तरीको अग्निसाईर कृष्णसावरण गाउँपालिकामा सवारी दुर्घट्नामा एक जनाको मृत्यु १३ जना घाइते भएको छ ।
सप्तरीको अग्निसाईर कृष्णसावरण गाउपालिका वडा न. ६ नँया बस्ति बसन्तपुरस्थित पुर्व पश्चिम लोकमार्गमा पश्चिमबाट पुर्व तर्फ जादै गरेको बा ५ ख २३१० नं. हायसको ड्राईभर साईडको पछाडीको टायर अचानक पडकी आफै अन्यन्त्रित भई दुर्घट्ना हुदाँ एक जनाको घाइते भएको झापा कन्काई नगरपालिका वडा न. ८ का ५२ बर्षिय अमृका ओलि अस्पताल पुर्याउना साथ मृत्यु भएको छ भने १४ जना घाइते भएको छ । घाईतेहरुमा हयास चालक झापा बिर्तामोड ना.पा. ४ का ४३ बर्षिय दुर्गा बहादुर मगर ,मोरङ गछिया न.पा. ४ का १९ बर्षिय सबिना राई ,रौतहट का २४ बर्षिय मनोज जैसवाल ,भारत दिल्ली का ४६ बर्षिय ईमराम अहमद ,सह चालक बिर्तामोड न.पा. ४ का २९÷३० बर्षिय हिमाल प्रसाद , चितवन रत्ननगर न.पा. ९ का ४८ बर्षिय बिनोद प्रसाद शर्मा ,मोरङ उर्लाबारी न.पा. का ४२ बर्षिय तारा बिक ,झापा दमक न.पा. ३ का२९ बर्षिय अशोक माझी ,संखुवासभा तयैनपुर न.पा. १० का ३३ बर्षिय गोबिन्द भण्डारी,२९ बर्षिय बिछा ओलि, झापा का २४ बर्षिय अन्जना अधिकारी,२० बर्षिय सिर्जना अधिकारी,झापा कन्काई न.पा. ४ का ४६ बर्षिय सुसमिता संग्रौला रहेका छन । सो घट्ना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका सुचना अधिकारी तथा डिएसि माधव प्रसाद काफ्लेले बताउनु भयो ।
Discussion about this post