विराटनगर । विराटनगरबाट प्रहरीले डाँका मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१७ का ५० वर्षीय महमद जुवेर मियाँलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिनु भयो । उहाँका अनुसार पक्राउ गरेर बुझाएपछि मियाँलाई अदालतले कैद सजाय भुक्तानका लागि आज कारागार चलान गरेको छ । डाँका मुद्दामा दोषी ठहर गर्दै मोरङ अदालतले २०७५ साल असोज ९ गते पाँच वर्ष ११ महिना २८ दिन कैद र नौ लाख ४० हजार पाँच सय रूपैयाँ जरिवानाको फैसला गरेको थियो । फैसलापछि भागिरहेका मियाँलाई प्रहरीले ४ वर्षपछि पक्राउ गरेको हो ।
Discussion about this post