शुभ नारायण यादव/ सप्तरी ।
आगामी मङ्सिर ४ गते प्रदेश सभा तथा प्रतिनिधि सभाको निर्वाचन हुने भएसँगै राजनीतिक दलहरूलाई चुनावी चटारो बढेर गएको छ । २०७२ सालमा संविधान जारी भएपछि दोस्रो पटक हुन लागेको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि राजनीतिक पार्टी तथा स्वतन्त्र उम्मेदवार समेत चुनावी नतिजा आफ्नो पक्षमा पार्ने कसरतमा जुटेका छन् । अहिलेको तयारीमा कुनै फेरबदल नभएमा र गठबन्धन भएको स्थानमा इमान्दारितापूर्वक मतदान भएमा सत्ता गठबन्धनले धेरै स्थानमा सजिलै जित्ने अनुमान गरिएको छ । किनभने अघिल्लो चुनाव र स्थानीय तहको चुनावको मत परिणामसमेत हेर्दा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी मिल्दा स्वत नेकपा एमाले कमजोर हुन पुग्दछ ।
सोही सेरोफेरोमा महेश प्रसाद यादव सप्तरी क्षेत्र नं.२ (ख)बाट उम्मेदवारी बन्ने यादवले यस अधि घोषणा गरी निर्वाचनको मैदानमा उत्रने भएका छन् । यादव ०७४ सालमा पराजित भएका थिए भने राष्टिय जनता पार्टीका मनिस कुमार सुमन विजय भएका थिए । अहिले जनता समाजवादी पार्टीमा रहेका सुमन सत्ता गठबन्धनसगं चुनावी सहकार्यमा छ । ०७४को संघिय निर्वाचनमा एमाले र माओवादी केन्द्रको चुनावी तालमेल भएको थियो । यो पटक सत्ता गठबन्धनका ५ दल गठबन्धन गरेर अघिल्लो चुनावमा एमालेले जितेका स्थानसमेत हत्याउने योजनामा छन् ।
यसै क्रममा नेकपा (माओवादी केन्द्र) का युवा नेता यादवले समाजमा विकासको कयापलट ल्याउन राजविराज सदमुकाम रहेको क्षेत्रबाट सक्ता पक्षिय गठबन्धनबाट प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिने पक्षमा रहेको छ ।
यादव जिल्लामा जनताको हरेक दुःख,सुखमा सती सालको रुपमा खडा रहने खालका व्यक्तिको चिरपरिचित नाम रहेको छ ।
यादवको जन्म २०३१ साल भदौ ५ गते बुबा मखन प्रसाद यादव, आमा कौशिल्यादेवी यादवको कौखबाट भएको थियो । महेशको दाजु कए र दिदी एक ,पत्नि रुबी यादव,छोरा एक,छोरी एक रहेका छन । प्रारम्भिक शिक्षा रायपुरमा हासिल गरेका यादव राराव क्याम्पस जनकपुरबाट स्नातक गरेका छन । २०५२ सालमा अनेरास्ववियु राराव क्याम्पस जनकपुरको प्रारम्भिक ईकाइ कमिटीका अध्यक्ष भई,२०५५ सालमा राराव क्याम्पस जनकपुरको स्वबियु सभापति, स्वबियु काउन्सिलका सचिव निर्वाचित भएका थिए । तत्कालिन नेकपा मालेका अनेरास्ववियु के.स.,२०५७ सालमा १५ औ अनेरास्ववियु र अनेरास्ववियु(क्रा.) विच एकताबाट के.स.,नेकपा (माओवादी)मा २०५८ भुमिगत भइ,२०५९ मा जिल्ला सदस्य,२०६०मा एरिया ईन्र्चाय,२०६३ सालको शान्ति कालमा राजरंगशालामा जनसभामा अहम भुमिका खेलेको,भारदहमा जन मुक्ति सेनाको कैम्पका ईन्चार्य ,२०७३ सालमा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य,२०६४–०६५ सालमा राजविराजका ब्यापारी,उधोगी,ब्यवसायीलाई तत्कालिन जनतान्त्रिक तराई मुक्ति मोर्चाका अपहरण,चन्दा आतंकको अन्त्य गर्न भुमिका खेली सवै किसिमको आतंक बन्द गराउन भुमिका खेलेको थियो । नेपाल भारोतोलन संधको दुइ कार्यकाल सम्म जिल्ला अध्यक्ष तथा हाल केन्द्रिय सदस्य समेत भई क्रियाशिल रहेको छ ।
२०७५ सालमा एमाले–माओवादीको एकता पछि नेकपाको संयोजन समितिमा माओवादीको तर्फवाट सदस्य तथा नेकपाको प्रदेश सदस्य भई पार्टीको गतिविधीमा सलग्न रहेका छन । राजविराज नगरपालिका र महादेवा गापाको वडा नं.१ पकरी,तथा वडा नं.३ बथनाहा यस निर्वाचन क्षेत्र २ को (ख) मा पर्दछ । नेपाल सरकारले आउँदो मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति तय गरेपछि यादव चुनावी तयारीसँगै जनतामाझ सशक्त ढंगले सक्रिय भएका छन् । उनी अहिले पनि मधेशी,अल्पसख्क,आदिवासी जनजातीको मुद्दालाई उठाउदै माओवादीको जनयद्घ,मधेशी आन्दोलन,जन आन्दोलनमा सक्रिय भुमिका निर्वाह गरी पार्टीको सिद्धान्तसँगै जोडेर सधर्षरत रहेका छन् । कुशल राजनीतिक वक्ता र स्थानिय जनता माझ जनप्रिय युवा नेताको रुपमा परिचित यादव प्रदेशसभा निर्वाचन क्षेत्र २ को (ख) का लागि दोश्रो पटक चुनावी मैदानमा उत्रेका छन् ।
Discussion about this post