शुभ नारायण यादव/ सप्तरी ।
सप्तरीमा छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । यसरी मृत्यु हुनेमा सप्तरीको विष्णुपुर गाउँपालिका वडा न. ६ गोरगामा टाेलका ५५ बर्षिय राम बिलाश रायको उपचारको क्रममा मृत्यु भएको हो । विष्णुपुर गाउँपालिका वडा न. ६ रंजितपर स्थित राजबिराज तिलाठी सडक खण्डमा तिलाठीबाट राजबिराज तर्फ आउदै गरेको प्रदेश २ – ०१ – ००१ ह ०९१८ नं.को टेम्पुले रोकिरहेको साईकल यात्री रायलाई ठक्कर दिदा तत्काल उपचारको लागी छिन्नमस्ता अस्पताल राजबिराजमा ल्याई उपचार भई रहेकोमा बुधबार उनकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यता मृतक रायको शवलाई कानुन बमोजिल लास जाँच मुचुल्का समेतको कार्य सम्पन्न भई पोष्टमार्टम कार्य भइ सकेको अन्य थप अनुसन्धान कार्य भरहेको प्रहरीले जनाएको छ ।
यसैविच पानीमा डुबेर सप्तरीमा एक बालिकाको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा सप्तरीको हनुमाननगर कंकालिनि नगरपालिका वडा न. ४ अर्जि मधुुवापुरका जितेन्द्र सिपलियाको छोरा ७ बर्षिय देविल सिपलिया रहेकाे प्रहरीले जनाएको छ । देविल सुस्त मनस्थितिको रहेकाे तथा घरमा कोही नभएको मौका पारी घर नजिकै रहेको पोखरीको पानीमा डुवि मृत्यु भएको प्रहरीले जनाएको छ । यता साे सम्बन्धमा थप अनुसन्धान कार्य भरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका सुचना अधिकारी एव डिएसपि माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।
Discussion about this post