शुभ नारायण यादव /सप्तरी । जिल्ला समवन्य समिति सप्तरीका पुर्व प्रमुख प्रभाकर यादव मनाेज सहित हजारौं नेता तथा कार्यकर्ताहरु जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छ्न । जसपा नेपाल सप्तरीद्वारा आज राजविराजमा आयोजित एक भब्य समारोहका विच यादवको नेतृत्वमा विभिन्न पार्टी परित्याग गरि हजारौं नेताकार्यकर्ता जसपा नेपालमा प्रबेश गरेका हुन । जसपा सप्तरीका अध्यक्ष केदार प्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले नवप्रबेशी नेताकार्यकर्ता सदस्यता प्रदान गरि माला, गम्छा, टीका लगाएर पार्टी प्रवेश गराए । कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीका पुर्व जिल्ला अध्यक्ष अमरनाथ मण्डल, छिन्नमस्ता गाउँपालिकाकी निवर्तमान वडा अध्यक्ष प्रमिला यादव, विवेकशिल पार्टीका केन्द्रिय सदस्य सुमन कुमार मिश्रालगायतका १ हजार भन्दा बढी नेताकार्यकर्ता विभिन्न पार्टी परित्याग गरि जसपामा प्रबेश गरेको जसपा सप्तरीका कोषाध्यक्ष एवम प्रचार विभाग प्रमुख बृजमान तामाङले जानकारी दिए । जिल्ला समवन्य समिति सप्तरीको सभाहलमा आयोजित बृहत् पार्टी कार्यक्रममा पार्टीका केन्द्रिय कार्यकारिणी समिति सदस्य एवम कृषि तथा पशुपंक्षि विकास मन्त्री मृगेन्द्र सिंह यादव, केन्द्रिय कार्यकारिणी समिति सदस्य एवम मधेश प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साह, केन्द्रिय कार्यकारिणी समिति सदस्य एवम् प्रबक्ता तथा प्रदेश सभा सदस्य मनिश सुमन,पार्टीका राजनैतिक समिति सदस्य एवम मधेश प्रदेश सरकारका प्रबक्ता एवम अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, सप्तरी निर्वाचन क्षेत्र नम्बर १ का साँसद डा. सुर्य नारायण यादव, प्रदेश सभा सदस्यहरु, विभिन्न पालिकाका प्रमुख, उपप्रमुखहरुसहित जनप्रतिनिधिहरु लगायतका पार्टीका केन्द्र प्रदेश जिल्ला, स्थानीय तहका विभिन्न तहका जसपा नेताकार्यकर्ताको उपस्तिथि रहेको थियो । पार्टीका जिल्ला उप सचिब शम्भु कुमार यादवद्वारा संचालित कार्यक्रममा स्वागत उपाध्यक्ष अवुल हुसैनले गरेका थिए ।
Discussion about this post