नवलपरासी । नवलपरासी पश्चिमको बर्दघाटमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मोटरसाइकल दुर्घटना हुँदा बर्दघाट १४ निवासी मान बहादुर जर्घा मगरको उपचारको क्रममा मृत्यु भएको छ ।
ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रमुख बिरेन्द्र केसीले दिएको जानकारी अनुसार बर्दघाट १४ धर्म बस्तीको भित्र सडक खण्डमा दक्षीण बाट उत्तर तर्फ जाँदै गर्दा मोटर साइकल अनियन्त्रित भइ दुर्घटना भएको हो ।
उक्त दुर्घटनामा मोटरसाइकल चालक मान बहादुर जर्घा मगर गम्भिर घाइते हुनुभएको थियो । उहाँको उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ ।
Discussion about this post