रबिन्द्र यादव / नवलपरासी पश्चिम ।
संघिय संसद एवं पुर्व भौतिक पुर्वाधार तथा यातायात व्यवस्था मन्त्री हृदयेश त्रिपाठीले सोमबार नवलपरासी पश्चिम जिल्लाको प्रतापपुर गाउँपालिका-५ बसहिया स्थित गणेश माध्यमिक विद्यालय निर्माण गरिएका विद्यालय भवनको उद्घाटन गर्नुभएको छ ।
शिक्षा क्षेत्रमा विकास सहकार्य अन्तर्गत संघिय मामिला तथा प्रशासन मन्त्रालयको तराई मधेस सम्बृद्दि कार्यक्रम, लुम्बिनी प्रदेश सरकारको सामाजिक विकास डिभिजन कार्यालय र स्थानिय सरकार प्रतापपुर गाउँपालिकाको ४० लाख रुपैयाँ आर्थिक सहयोगको लागतमा सम्पन्न भएको हो ।
विद्यालय भवनको उद्घाटन गर्दै प्रमुख अतिथि रहनु भएका सांसद त्रिपाठीले शिक्षा मानवजीवनको ज्योति भएको बताए । उनले शिक्षाविना मानिस अधूरो हुने बताए ।
सांसद त्रिपाठीले समग्र विकास क्रमलाई गति प्रदान गर्ने हो भने शिक्षा क्षेत्रमा सबैभन्दा पहिले विकास गर्नुपर्ने सुझाव दिए । उनले शिक्षासँगै स्वास्थ्य क्षेत्रको विकासमा पनि गति दिन आवश्यक भएको बताए । साथै उनले आफ्नो क्षेत्रको विकासका लागि काठमाडौ मात्र होइन नर्कमा पनि जान तयार रहेको बताए । अगाडि उनले शिक्षा विकासले आर्थिक र सामाजिक विकासमा समेत टेका पुर्याउने बताए ।
वि सं २०२० सालमा स्थापना भएको गणेश विद्यालयमा अहिले चार सय छ जना छात्रा र चार सय १३ जना छात्र गरि जम्मा ८ सय १९ जना छात्रछात्रा अध्यनरत छन ।
विद्यालयको नव निर्मित भवन उद्घाटन, अभिभावक भेला र पुरस्कार वितरण समारोहमा संघिय सासंद एवं जनता प्रगतिशील पार्टीका केन्द्रीय अध्यक्ष हृदयेश त्रिपाठी, गाउँपालिकाका अध्यक्ष उमेशचन्द यादव,उपाध्यक्ष मान कुमारी चौधरी,पुर्व जिल्ला शिक्षा अधिकारी बरखु प्रसाद रजक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामनारायण गौड, प्रतापपुर गाउँपालिकाका वडा नं. ३ का वडा अध्यक्ष ऋषिदेव चौधरी,वडा नं ४ का वडा अध्यक्ष जन्त्री प्रसाद बरई, ५ का वडा अध्यक्ष रमेश बनिया, वडा नं ७ का वडा अध्यक्ष हरेन्द्र कुमार यादव लगायतका जनप्रतिनिधिहरु, बिभिन्न राजनैनिक दलका प्रतिनिधिहरु,समाजसेवीहरु स्थानीयबासीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।
Discussion about this post