भजनी / कैलाली काे भजनीबाट लागुऔंषध खैराेहिराेईन सहित एक युवकलाई प्रहरीले पक्राउ गरेकाे छ ।
आज बिहान करिब ११ बजे ईलाका प्रहरी कार्यालय भजनीबाट खटि गएको प्रहरी टोलीले जिल्ला कैलाली भजनी नगरपालिका वडा नं. ३ कुसुमघाट बाट साेही नगरपालिका वडा नं. १ बस्ने बर्ष २८ को सुगन्ध बस्नेतलाई पक्राउ गरेकाे ईलाका प्रहरी कार्यालय भजनीले जनाएकाे छ । बस्नेत लाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट लागु औषध (खैरो हेरोईन) ५ ग्राम सहित बरामद गरी निज सुगन्ध बस्नेतलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी ईलाका प्रहरी कार्यालय भजनीमा राखि थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जानकारी दिएकाे छ ।
Discussion about this post