इनरुवा । सुनसरीमा जनता समाजवादी पार्टी नेपाल प्रति असन्तुष्ट रहेका केही पदाधिकारीहरुले सामुहिक राजिनामा दिएका छन ।
हिजो साेमबार जसपा सुनसरीका अध्यक्ष भगिरथ खत्वेलाई सामुहिक राजिनामा बुझाउदै ६ जना पदाधिकारीहरुले केन्द्रिय कार्यसमितीमा रहेका सुनसरीका नेताहरुले जिल्ला कार्यसमितीलाई अनिर्णयमा राखी पार्टी संचालन गरेको आरोप लगाउदै राजिनामा दिएका हुन् ।
सामुहिक राजिनामा दिएका व्यक्तिहरू जसपा नेपाल जिल्ला समन्वय समिति सुनसरीका ३ जना उपाध्यक्ष, सचिव १ जना, सह सचिव १ जना र काेषाध्यक्ष १ जना गरि ६ जनाले आफ्नो जिम्मेवारीबाट सामुहिक राजिनामा दिएका हुन् ।
राजिनामा दिनेहरूमा जिल्ला उपाध्यक्षहरु रधुनन्दन मेहता, रविन राइ र गुरुदेव यादव, सचिव प्रदिप कार्की, सहसचिव अभिनन्द कुमार यादव र कोषाध्यक्ष प्रमानन्द मेहता रहेका छन् ।
उनीहरूले केन्द्रिय नेताको भुमिकाले सुनसरीमा जसपा नेपाललाई तहस नहस बनाएको आरोप लगाउदै राजिनामा दिएका राजिनामा पत्रमा उल्लेख गरेका छन् ।
राजिनामा पत्रमा भनिएको छ सामुहिक नेतृत्व दिन असफल जिल्ला अध्यक्ष भगिरथ खत्वे केन्द्रिय कार्यकारणी सदस्य पर्शुराम बस्नेत, राजनितिक समिती सदस्य शिवबहादुर बस्नेत, केन्द्रिय सदस्य सविता यादवलगायतले गैह्जिम्मेवार भुमिका निर्वाह गरि सुनसरी जिल्ला समितीलाई तहसनहस पार्नुका साथै अदृश्य भुमिका खेलेको आरोप राजिनामा पत्रमा उल्लेख गरिएको छ ।
उता जसपा नेपाल प्रदेश नम्बर १ का प्रदेश समितिबाट पनि सामुहिक राजिनामा दिने तयारीमा रहेकाे पार्टीका एक नेताकाे भनाइ छ ।
प्रदेश नम्बर १ कमिटीमा आवद्व रहेका एक नेताले भने हामीसँग पार्टीले काम लिने तर हामीलाई आवश्यक परेको काममा पार्टीले सहयाेग नगरेको कारण अब जसपा नेपालमा बसेर काम गर्ने वातावरण नरहेको बताए ।
Discussion about this post