शुभ नारायण यादव /सप्तरी । पछिल्लोपटक चाड पर्व नजिकिदै जाँदा सप्तरीको विभिन्न सिमावर्ति नाकाहरुमा अबैध तस्करी फष्टाएपछि सशस्त्र प्रहरीले धडपकड अभियानको थालनि गरेको छ । साेहि क्रममा सशस्त्र प्रहरीले सप्तरीको विभिन्न सिमावर्ति नाकाहरुबाट दिनहु लाखौंको अबैध समानहरु बरामद गर्न सफल भएको छ । सप्तरीको डाक्नेश्वरि नगरपालिका वडा न.६ ओरहि स्थित बाेडरबाट सशस्त्र प्रहरीले झण्डै ५० हजार मूल्य बराबरको अबैध औषधि बरामद गरेको छ । विओपि पाताेबाट खटिएको टाेलिले भारतबाट अबेध रुपमा भन्सार छलि नेपालतर्फ भित्र्याउन लागेको ४७ हजार ४ सय ९६ रुपैयाँ बराबरको अवैध औषधिहरु बरामद गरेकाे सशस्त्र प्रहरी बल नेपाल ६ न. गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रदिप खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लोपटक चाडपर्व नजिकिदै जादा खुला सिमानाका कारणले तस्करी फष्टाएपछि धडपकड अभियान सन्चालन गरेपछि उक्त अवेध समानहरु धमाधम पक्राउ पर्न थालेकाे बताउनुभयाे । त्यस्तै सप्तरीको छिन्नमस्ता गाउपालिका वडा न.३ गाेविन्दपुर स्थित बाेडरबाट सशस्त्र प्रहरीले ३२ हजार ६ सय ४० रुपेया बराबरको नुभिट गाेल्ड नामक अबैध औषधि बरामद गरेकाे छ । विओपि छिन्नमस्ताबाट खटिएको टाेलिले भारतबाट अवेध रुपमा भन्सार छलि नेपालतर्फ भित्र्याउन लागेकाे उक्त परिणाममा औषधि बरामद गरेकाे उहाले जानकारी दिनुभयो । त्यसैगरि सप्तरीके डाक्नेश्वरि नगरपालिका वडा न. ६ स्थित ओरहि बाेडरबाट ४७ हजार ४ सय ९६ रुपेया बराबरको मल्टिभिटामिन औषधि र सिरिन्च बरामद गरेको छ । विओपि पाताेबाट खटिएको टाेलिले भारतबाट अवेध रुपमा नेपालतर्फ भित्र्याउन लागेकाे उक्त परिणामको औषधि बरामद गरेकाे सशस्त्र प्रहरीले जनाएको छ । यस्तै सप्तरीको बाेदे बरसाइन नगरपालिका वडा न.९ स्थित इटाभटाबाट सशस्त्र प्रहरीले १५ हजार ९ सय १० रुपेया बराबरको अवेध चप्पल र चुराहरु बरामद गरेकाे छ । विओपि स्वर्णपटिकाे गस्ति टाेलिले भारतबाट अबैध रुपमा भन्सार छलि टाउकोमा ल्याउदै गरेकाे अवस्थामा साे अबैध समान बरामद गरेकाे जनाएको छ । यसैगरी सप्तरीको तिलाठि काेइलाडि गाउपालिका वडा न.१ स्थित बाेडरबाट सशस्त्र प्रहरीले ६ हजार मुल्य बराबरको अबेध माेबिल बरामद गरेको छ । भारतबाट अबैध रुपमा भन्सार छलि ल्याउदे गरेकाे अवस्थामा साे मूल्य बराबरको अबैध माेबिल बरामद गरेकाे सशस्त्र प्रहरीले जनाएको छ । यता बरामद गरिएका अबैध समानहरु आवश्यक अनुसन्धानकाे लागि राजविराज भन्सार कार्यालय तिलाठि बेल्हि बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक खड्काले जानकारी दिनुभयाे ।
Discussion about this post