शुभ नारायण यादव /सप्तरी ।
सप्तरीको महदेवा गाउँपालिकामा गाईकाे बाछीलाई काटेकाे आराेपमा एक जना पक्राउ परेको छ ।
पक्राउ पर्नेमा जिल्लाकाे महादेवा गाउँपालिका वडा न. ४ बलिया बस्ने ६५ बर्षिय सकुर मियाँ रहेका हुन ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी माधव प्रसाद काफ्लेका अनुसार ८ महिनाको बाछीलाई काटेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कंचनपुर र प्रहरी चौकी डिमनबाट खटिएको टोलीले मियाँलाई पक्राउ गरेको छ ।
मियाँकाे घरबाट अन्दाजी ६ किलाे बाछीकाे मासु र चार वटा खुट्टा समेत फेला परेको उनलेे बताए । यता उक्त घट्ना सम्बन्धमा थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।
Discussion about this post