शुभ नारायण यादव /सप्तरी। सप्तरीको राजविराज नगरपालिका वडा न.१५ देउरि भरुवाका एक जना वडा सदस्यमाथि प्रहरीकै राेहवरमा निर्घात कुटपिट गरेकाे आराेप लगाएका छन । स्थानीय वडा सदस्य लक्ष्मी यादवमाथि प्रहरीकै उपस्थितिमा साेहि ठाउका पिन्टु यादवले निर्घात कुटपिट गरेकाे आराेप लगाएका हुन । राजनितिक रिसिभिका कारणले गत असाेज महिनामा जिल्ला प्रहरी कार्यालय सप्तरीका घुमुवा टाेलिले चाेकमा रहेको पसलबाट आफुलाई पक्राउ गरि ल्याउने क्रममा बिच बाटाेमा स्थानीय पिन्टु यादवले प्रहरीकै सामुन्ने निर्घात कुटपिट गरेको आराेप वडा सदस्य यादवले लगाएका छन।सन्चारकर्मीहरुसँगकाे कुराकानिमा उनले आफुलाइ जिल्ला प्रहरी कार्यालय जानु पर्छ भनी राति साढे ११ बजेमा ल्याउने क्रममा बिच बाटोमा निर्घात कुटपिट गरेकाे उनले आराेप लगाएका छन । कुटपिटबाट गम्भीर घाइते यादवको तत्काल राजविराज स्थित गजेन्द्रनारायण सिह अस्पतालमा हतकडि लगाएर ने उपचार भइरहेको पिडितका परिवारजनले बताएका छन । कुटपिटबाट वडा सदस्य यादवकाे छातिमा गम्भीर चाेट लागेकाे तथा त्यहा उपचार सम्भव नभए पछि थप उपचारको लागि विराटनगर लगिनु पर्ने चिकित्सकहरुले बताएको पिडितका आफन्तले बताएका छन । यता साे सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि नरेश सिहले कुटपिट गरेको बिषयमा आफुलाइ कुनै जानकारी नभएको बताउदै उहाले साे बिषयमा के भएकाे छ भनी आफु बुझदै छु भनेर जवाफ दिनुभयो ।
Discussion about this post