इनरुवा ।नेपाली समाजमा वैदेशिक रोजगारमा नगएको घर पाउन मुस्किल छ । दैनिक करिब १ हजार ७ सयभन्दा बढी नेपाली युवाहरु बिदेशिने गरेको तथ्यांक सार्वजनिक भएको छ । राजनीतिक अस्थिरता र बढ्दो बेरोजगारीले भोलिका दिनमा पनि नेपाली युवाहरु बिदेशिनुपर्ने बाध्यता छ ।
युवाहरु बिदेशिनुपर्ने बाध्यता भएपनि वैदेशिक रोजगारीका कारण नेपाली समाजमा धेरै प्रकारका परिवर्तनहरु आएका छन् । सुनसरीकाे शहर देखि गाउँघर सम्म खरका छानाहरुमा टिन लगाइएको छ भने टिनका छानाहरुको घर कंक्रिटको ढलानयुक्त बन्दै गएका छन् । हिजो साइकल चढ्नेहरु मोटरसाइकल र स्कुटरमा सरर हिँड्न थालेका छन् । अलि राम्रो कमाइ गर्नेहरुले सहरतिर घडेरी जोडेका छन् ।
गाउँबाट छोराछोरी पढाउने बाहनामा सहरतिर बसाइँ सर्न थालेका छन् । खर्च गर्ने ठाउँहरु प्रशस्त भएका छन् । फ्रिज र वासिङ मेसिनहरु सहजै मध्यमवर्गका घरमा छिर्न थालेका छन् । परिवारका सदस्यहरु सौखिन बन्न थालेका छन् । खेतहरु बेचिँदै गएका छन् । खेती गर्ने जमिनले घडेरीको रुप लिँदै गएको छ । जिल्लाको शहरी क्षेत्रमा कामदार पाउँदैनन् तर ग्रामीण भेगमा समेत काम गर्ने मानिस पाउन छाडिएको छ ।ग्रामीण क्षेत्रबाट समेत बैधानिक र अबैधानिक रूपमा बैदेशिक राेजगारीमा जाने मान्छेहरूको कमी छैनन् ।
जति ज्ञान बाडे पनि सुनसरीमा सबै आफुलाई महाज्ञानी ठान्छन् तर ठगीमा परेपछि मात्रै याद आउँछन् भनेर इनरूवा एक स्थानीय शिवनारायण मेहताले सुनाए ।
उनले सुनाएअनुसार बैदेशिक राेजगारीकाे नाममा ठगी गर्ने गिराेहहरू शहर देखि गाउँघर सम्म सकृय छन् ।
सुनसरी प्रहरी पनि बैदेशिक राेजगारीकाे नाममा ठगी गर्ने गिराेहहरू भन्दा कम छैन् ।
आज मात्रै सुनसरी प्रहरीले ठगी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । यु एस प्लाउ जव सर्भिस प्राइभेट लिमिटेडका संचालकलाई प्रहरीले पक्राउ गरेकाे छ । ईनरुवा नगरपालिका वडा नं. ३ बस्ने ३४ वर्षका राजिवजंग थापाले बैदेशिक रोजगारको लागि पलाउ नाम गरेको मुलुक पठाई दिन्छु भनि प्रलोभनमा पारी बाह्र (१२) जना सर्बसाधारण ठगी गरेका थिए ।
उनले विभिन्न १२ जना व्यक्तिहरुबाट २०७३ सालमा नै जनही रु.७,००,००० ( सात लाख रकम) का दरले जम्मा रू.८४,००,००० (चौरासी लाख) उठाई ठगी गरी फरार रहेकोमा पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
बैदेशिक रोजगार न्यायधिकरण काठमाण्डौबाट मिति २०७६।०३।०८ गतेको फैसलाले निजलाई १ बर्ष ६ महिना कैद र रू.१ लाख ५० हजार जरिवाना साथै बिगो बापत १ करोड २६ लाख तोकेको र तत्पश्चात निज प्रतिवादी राजिव जंग थापा फरार रही लुकिछिपि बसिरहेको अवस्थामा ईनरुवा नगरपालिका स्थित गाँउबाट कार्तिक १५ गते जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको बिशेष प्रहरी टोलिले नियन्त्रणमा लिएको थियो । पक्राउ परेका थापालाई जिल्ला अदालत सुनसरीमा बुझाएकोमा जिल्ला अदालत सुनसरीले निजलाई सजाय भुक्तानको लागि झुम्का कारागार पठाइएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी चालु आर्थिक वर्षको हालसम्म १३२ जना विभिन्न मुद्दाका फरार प्रतिवादीहरू पक्राउ गर्न सफल भएको जनाएको छ ।
Discussion about this post