• pradeshpoint
  • Pradeshpoint
Sunday, March 8, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

निरन्तर खोज र अनुसन्धानका क्षेत्रमा क्रियाशिल १२ जना अग्रजलाई सम्मान

प्रदेश प्वाइन्ट 📝 प्रदेश प्वाइन्ट
२०७७ फाल्गुन २९ गते, १९:२१ बजे प्रकाशित
in FEATURE, कला पाना, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
20
SHARES
Share on FacebookShare on Twitter

विराटनगर । प्रदेश १ का आन्तरिक तथा कानुन एवं सामाजिक विकास मन्त्री हिक्मतकुमार कार्कीले बढ्दो विषादीको प्रयोगले प्राणी तथा जीवचक्रमा असर पर्दै गएको बताएको छ । नेपाल जुलोजिकल सोसाईटी प्रदेश १ ले विराटनगरमा शनिबार आयोजित सेमिनारको उद्घाटन गर्नुहुँदै मन्त्री कार्कीले समाज विकाससँगै प्राणी र जीवहरुको चक्रमा नकारात्मक प्रभाव परिरहेको बताएको हो ।

उनले विकासको मापन गर्ने तरिका गलत हुँदा पर्यावरणमा नकारात्मक प्रभाव पर्ने गतिविधि बढ्दै गएको बताउँदै त्यसको अनुसन्धानमा सम्बन्धित क्षेत्रका विज्ञहरुले ध्यान दिनुपर्ने बताए । समाज विकासका क्रममा आएको नयाँ प्रविधि, संरचना, पूर्वाधारले प्राणीको जीवनमा पारेको प्रभावलाई कम गर्नसक्दा मात्रै वातावरण र पर्यावरण सुरक्षित रहने बताए ।
सरकारले प्राणीको सुरक्षाका लागि खुल्ला चिडियाखानाको अवधारणा अगाडी सारेको बताउँदै मन्त्री कार्कीले प्राणीबाट मानव नभई मानवबाट प्राणीको अधिकार र सुरक्षा सुनिश्चित गरिनुपर्ने बताए ।

उनले प्राणी शास्त्रीहरुले आफ्नो अध्ययन र अनुभवलाई व्यवहारिक रुपमा प्रमाणित गर्न निरन्तर अनुसन्धान गर्नुपर्ने सुझाव दिए । मानवले गर्ने दैनिक गतिविधिका कारण प्राणीमा के असर गरिरहेको छ, जसले पर्यावरणमा नकारात्मक प्रभाव पार्छ भन्ने सचेतना आम नागरिकमा आवश्यक रहेको मन्त्री कार्कीको भनाई छ । त्यसका लागि सम्बन्धित क्षेत्रका अध्येताले आफ्नो अनुसन्धान मार्फत प्रमाणित गरिदिनु दायित्व हुने उनको भनाई थियो ।
प्रदेश सरकारले यस्ता अनुसन्धानलाई प्राथमिकतामा राखेर त्यसको प्रतिवेदन दिए सम्पतिको रुपमा ग्रहण गर्ने मन्त्री कार्कीको दावी गरे । विश्वविद्यालयहरु ख्ण्डहरु बन्दै गएको बताउँदै मन्त्री कार्कीले प्राध्यापकहरुले विश्वविद्यालयलाई अनुसन्धान केन्द्रमा परिणत गर्नसक्ने बताउँदै त्यसका लागि निरन्तर अनुसन्धान र समयसापेक्ष पाठ्यक्रम विकासमा लाग्नका लागि सुझाव दिएको थियो ।

कार्यक्रममा पूर्वाञ्चल विश्व विद्यालयका उपकुलपति प्रा. डा. यादवराज कोइरालाले पूर्वाधार निर्माणसँगै प्राणीहरुको वासस्थानमा परेको प्रभावले पर्यावरणमा नकारात्मक प्रभाव बढ्दै गएको बताए । उनले अन्तरनिर्भर जीवनचक्र प्रणालीको सुरक्षा मानवले मात्रै गर्नसक्ने भएकोले त्यसका लागि आवश्यक पहल र कदम लिनुपर्ने जरुरी परिसकेको बताए । समय सापेक्षको अनुसन्धान र अनुसन्धानको निष्कर्षका आधारमा तयार पारिएका पाठ्यसामाग्री अध्ययनमा प्राज्ञिक क्षेत्रले संयुक्त पहल गर्नुपर्नेमा जोड दिए ।

सेमिनार कार्यक्रमको अवसरमा प्राणी शास्त्रको महत्व बढाउनका लागि निरन्तर खोज र अनुसन्धानका क्षेत्रमा क्रियाशिल १२ जना अग्रजलाई सम्मान गरिएको थियो । जसमध्ये डा. आशिषकुमार घोष र प्रा.डा. राधाकृष्ण खरेवारलाई मरणोपरान्त सम्मान गरिएको थियो । अन्य सम्मानित हुनेहरुमा योगेन्द्रनारायण दास, प्रा.डा. रामबहादुर थापा, प्रा.डा. कालुराम राई, शुशिलकुमार झा, डा. भरतराज सुब्बा, डा. शिवनारायण यादव, राजेन्द्रप्रसाद यादव, मीनाकुमारी देव रहेको थियो ।
एकद्विवसीय सेमिनारमा डा.भरतराज सुब्बा र प्राध्यापक गीता श्रेष्ठले आफ्नो कार्यपत्र प्रस्तुत गर्नु भएको जुलोजिकल सोसाईटी प्रदेश १ का अध्यक्ष महेन्द्र महर्जनले जानकारी दिए । कार्यपत्रमाथि टिप्पणी, सुझाव तथा छलफल गरिएको थियो ।

Tags: १२ जना अग्रजलाई सम्मानअनुसन्धानक्रियाशिलनिरन्तर खोज

Related Posts

३० हजारभन्दा बढी मतसहित उदयपुर–१ मा पारसमणि गेलालको जित
FEATURE

३० हजारभन्दा बढी मतसहित उदयपुर–१ मा पारसमणि गेलालको जित

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ फाल्गुन २४ गते, १३:०८ बजे प्रकाशित
0

इनरुवा । उदयपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार पारसमणि गेलाल विजयी भएका छन्। उनले...

सुनसरी–३ मा रास्वपा अशोककुमार चौधरीको जोरदार विजय, गच्छदार–भगवती पछाडि
FEATURE

सुनसरी–३ मा रास्वपा अशोककुमार चौधरीको जोरदार विजय, गच्छदार–भगवती पछाडि

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ फाल्गुन २४ गते, १२:४५ बजे प्रकाशित
0

इनरुवा । सुनसरी निर्वाचन क्षेत्र नम्बर–३ मा यसपटकको चुनावी परिणामले पुराना राजनीतिक समीकरणलाई उल्ट्याएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार...

बालेनको मत वर्षा, झापा–५ मा ओली पराजित

बालेनको मत वर्षा, झापा–५ मा ओली पराजित

२०८२ फाल्गुन २३ गते, १८:३७ बजे प्रकाशित
लामिछाने चितवन क्षेत्र नम्बर २ बाट तेस्रोपटक निर्वाचित

लामिछाने चितवन क्षेत्र नम्बर २ बाट तेस्रोपटक निर्वाचित

२०८२ फाल्गुन २३ गते, ८:०७ बजे प्रकाशित
सुनसरीमा ६४ प्रतिशत मतदान, मतपेटिका संकलनपछि सर्वदलीय बैठक बस्ने

सुनसरीमा ६४ प्रतिशत मतदान, मतपेटिका संकलनपछि सर्वदलीय बैठक बस्ने

२०८२ फाल्गुन २१ गते, २०:४६ बजे प्रकाशित
रामेछापमा मतदान सामग्री बोकेको गाडी दुर्घटना, दुई जनाको मृत्यु

रामेछापमा मतदान सामग्री बोकेको गाडी दुर्घटना, दुई जनाको मृत्यु

२०८२ फाल्गुन १८ गते, १८:५६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

३० हजारभन्दा बढी मतसहित उदयपुर–१ मा पारसमणि गेलालको जित

३० हजारभन्दा बढी मतसहित उदयपुर–१ मा पारसमणि गेलालको जित

२०८२ फाल्गुन २४ गते, १३:०८ बजे प्रकाशित
सुनसरी–३ मा रास्वपा अशोककुमार चौधरीको जोरदार विजय, गच्छदार–भगवती पछाडि

सुनसरी–३ मा रास्वपा अशोककुमार चौधरीको जोरदार विजय, गच्छदार–भगवती पछाडि

२०८२ फाल्गुन २४ गते, १२:४५ बजे प्रकाशित
ओलीको बलियो क्षेत्रमा बालेनको सनसनीपूर्ण विजय

ओलीको बलियो क्षेत्रमा बालेनको सनसनीपूर्ण विजय

२०८२ फाल्गुन २४ गते, १२:३३ बजे प्रकाशित
बालेनको मत वर्षा, झापा–५ मा ओली पराजित

बालेनको मत वर्षा, झापा–५ मा ओली पराजित

२०८२ फाल्गुन २३ गते, १८:३७ बजे प्रकाशित
लामिछाने चितवन क्षेत्र नम्बर २ बाट तेस्रोपटक निर्वाचित

लामिछाने चितवन क्षेत्र नम्बर २ बाट तेस्रोपटक निर्वाचित

२०८२ फाल्गुन २३ गते, ८:०७ बजे प्रकाशित
सुनसरीमा ६४ प्रतिशत मतदान, मतपेटिका संकलनपछि सर्वदलीय बैठक बस्ने

सुनसरीमा ६४ प्रतिशत मतदान, मतपेटिका संकलनपछि सर्वदलीय बैठक बस्ने

२०८२ फाल्गुन २१ गते, २०:४६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1395 shares
    Share 558 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    818 shares
    Share 327 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    789 shares
    Share 316 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    766 shares
    Share 306 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    723 shares
    Share 289 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist