सप्तरी । सप्तरी क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई भारी मतान्तरले हराउँदै जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके राउत) विजयी भएका छन् ।
उपेन्द्र यादवलाई १८ हजार ६३ मतान्तरले पराजित गर्दै राउतले संसदको यात्रा तय गरेका हुन । राउतले ३५ हजार ४२ मत ल्याए भने यादवले १६ हजार ९६९ मत पाएका थिए ।
डा. सीके राउत हतियार बिसाएर शान्तिपूर्ण राजनीतिमा होमिएका एक बौद्धिक नेता हुन् ।
जनमत पार्टीका प्रमुखसमेत रहेका उनी सप्तरी २ बाट भारी मतका साथ विजय भएका छन् । उनी बिखण्डनकारी विचार छाडेर मूलधारको राजनीतिमा समाहित मधेसका सशक्त प्रतिनिधि हुन् ।भने जसपा नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा पराजित बन्नुपरेको स्थानीय मतदाताहरूले प्रदेश प्वाइन्ट डट कमलाई जानकारी दिइएको छ ।
Discussion about this post