इनरुवा । सुनसरी क्षेत्र नं.४ को प्रतिनिधिसभा तर्फको मतगणना जारी रहेको छ । तीन दिनदेखी स्थगित मतगणना मंगलबारबाट सुचारु भएपछि निरन्तर रुपमा मतगणना जारी रहेको छ । जारी मतगणनाको पच्छिलो विवरण अनुसार नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि एवं कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले अग्रता कायम राखेका छन् । हालसम्म भएको २८ वटाको मतगणना हुदाँसम्म २४५ मतले अग्रता कायम राखेको हो । मन्त्री कार्कीले नेपाली काग्रेंसका तर्फबाट उम्मेदबार रहेकाले रुखमा २६ हजार ९९८ पाएकोे छ भने उनलाई नेकपा एमालेका उम्मेदबार जगदीश प्रसाद कुसियैतले २६ हजार ७५३ मत सहित पच्छयाई रहेका छन् ।
यस क्षेत्रमा मतगणनामा कर्मचारीले त्रुटि गरेको भन्दै आईतबार मन्त्री कार्कीले निर्वाचन अधिकृतको कार्यालयको निवेदनमा पुनः मतगणनाको माग गरेको थियो । त्यसपछि निवेदनलाई कार्यालयले निर्वाचन आयोगलाई पठाएकोमा त्यसमा कार्वाही गर्दै मतगणना प्रकृया अगाडी बढाउन निर्देशन दिएको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिए । ढिलो भएपनि हिजोबाट मतगणना निरन्तर जारी रहेको अधिकारीको भनाई छ । भने समाचार तयार पार्दा बखत हाल सम्म २८ वटा वडाको मत गणना सम्पन्न भएको छन।
Discussion about this post