नरसिंह । सनुसरीको भोक्राहा नरसिंह गाउँपालिकामा वडा नम्बर ७ स्थित हालै सञ्चालनमा आएको प्रसुति गृहमा आज एक महिला आमा बनेकी छिन् ।
झन्डै दुई महिना अघि आवश्यक पुर्वाधार सहित सञ्चालनमा आएको प्रसुति गृहमा एक गर्भवती महिलाकाे सफलतापुर्वक सुत्केरी गराएकी छिन् ।
हालै सञ्चालन भएको नरसिंह स्वास्थ्य चौकीको प्रसुति गृहमा एक महिलाले पहिलो सेवा लिएर साविक नरसिंहकाे रेकर्ड ताेडेकी छिन् ।
महिलाले नियमित रुपमा गर्भ र स्वस्थ जाँच गर्ने क्रममा मंगलबार नरसिंह स्वास्थ्य चौकीको प्रसुति गृहमा भोक्राहा नरसिंह गाउँपालिका ७ मण्डल टोलकी २१ वर्षिया सविया मण्डलले पहिलो पटक बच्चा जन्माएकी हुन्।
स्वास्थ्य चौकीमा नियमित र्गभ जाच गराउदै आएकी मण्डलले नरसिंह स्वास्थ्य चौकीको उद्घाटन भएकाे झन्डै दुई महिनापछि प्रसुति गृहमा स्वथ्य बच्चा स्वास्थ्यकर्मीको सहयोगमा जन्माएको भोक्राहा नरसिंह स्वास्थ्य शाखा प्रमुख हिरा साहले जानकारी दिए । साहका अनुसार उद्घाटन पछि जानकारी र सूचना प्रवाहको क्रममा रहेकोमा मण्डलले पहिलो पटक प्रसुति गृहमा नै बच्चा जन्माएकी र आफ्नै वडाको नरसिंह स्वास्थ्य चौकीको प्रसुति गृहमा आमाहरुले सेवा पाउने र त्यसमा पहिलो सेवा लिएकी मण्डलाई वडा अध्यक्ष बौवालाल यादवले नगद पाँच हजार रुपैयाँ प्रोत्साहन स्वरुप प्रादन गरेको छ यादवले स्वास्थ्य संस्थामै प्रसुति गराउन प्रेरित गर्ने उदेश्यले नरसिंह स्वास्थ्य चौकीको प्रसुति गृहमा पहिलो सेवा लिनुहुदै बच्चा जन्माएकी मण्डललाई नगद उपहार दिएको बताए । स्वास्थ्य चौकीका इन्चार्ज रामाशंकर साहले प्रसुति गृहमा सेवा लिने पहिलो लाभग्राही मण्डललाई सरकारी सुविधा पनि प्रदान गरेको जानकारी दिएकाे छ ।
प्रसुति गृहमा आएकाहरुलाई गर्भावस्थादेखि नै जाँच गराई सुत्केरी पनि स्वास्थ्य संस्थामै गराउन आग्रह गर्दै आएको स्वास्थ्यकर्मी मिठु श्रेष्ठले जानकारी दिए । प्रसुति गराएकी आमाको समेत स्वास्थ्य अवस्था, बच्चालाई खोप लगायतको कुरा, खानपान, मानसिक, शारीरिक अवस्था हेरेर स्वास्थ्य परामर्श समेत प्रदान गर्दै आएको जनाएको छ ।
Discussion about this post