भजनी / कैलालीमा भिनाजुले हँसिया प्रहार गर्दा सालाको मृत्यु भएको छ।
जिल्लाको जोशीपुर गाउँपालिका वडा नम्बर ६ का ३३ वर्षीय पदमराज भण्डारीको भिनाजुको हँसिया प्रहारबाट मृत्यु भएको प्रहरीले बताएको छ। अर्का एक जना घाइते भएका छन्। भिनाजु नाता पर्ने स्थानीय ५० वर्षीय गौरीलाल ढुङगानाले साला नाता पर्ने भण्डारीमाथि हँसिया प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले बताए।
भिनाजुको हँसिया प्रहारबाट अर्का साला ४० बर्षीय जयराज भण्डारी गम्भिर घाइते भएका छन्। उनलाई उपचारका लागि कोहलपुर रिफर गरिएको छ। मंगलबार राति करिब ९ बजे भएको घटनापछि आरोपित ढुङगाना फरार छन्। उनको खोजीका लागि प्रहरी परिचालन गरिएको छ।
Discussion about this post