रबिन्द्र यादव / नवलपरासी पश्चिम । नवलपरासी पश्चिम जिल्लाको सुनवलमा भएको आगोलागीबाट एक होटेल गरि सात वटा पसल जलेर खरानी भएका छन् । आगलागीबाट अनुमानित एक करोड बराबरको धनमालको क्षति भएको हो । सुनवल नगरपालिका वडा नं १ सोमनाथ स्थित सन्तोष पौडेलको टिन र बाल्कले बनेको घरको सटर भाडामा रहेको मुन्ना टायर पसलबाट सुरु भएको आगलागीबाट थप थिरती होटेल , हिमचुली मोटर पार्टस, गरौ कलिक मोटर पार्टस, सगिर व्याट्री पसल, रामजि वर्कसप, सुरज पेन्टस गरि सातवटा सटर भएको पसल पुर्ण रुपमा जलेर नष्ट भएको र त्यसबाट झण्डै एक करोड बराबरको धनमाल जलेर नष्ट भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सुचना अधिकारी भोजराज पाण्डेले बताए । बिहान डेढ बजे देखि सुरु भएको आगलागी ३ घण्टा पछि स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीको प्रारम्भिक अनुसंधानमा बिजुली सर्ट भई आगोलागी भएको भन्ने बुझिएको हो । यसबारे थप अनुसंधान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post