शुभ नारायण यादव /सप्तरी । सप्तरीको महादेवा गाउँपालिका वडा न.१(सोनराबल्थि,पकरी) लगायतका स्थानियद्वारा नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेको छ । स्थानियद्वारा सप्तरीको महादेवा गाउँपालिका वडा न. १ सोनरामा आयोजित एक समारोहका बीच प्रदेशसभा सदस्य महेश प्रसाद यादवलाई जन सम्मान गरेको हो ।
स्थानिय वासिन्दा वृद्घ चुनाई यादव, हरिनारायण यादव,राजाराम यादव,मोहन यादव,पर्मिला यादव,राधेश्याम यादवलगायत स्थानियले माला, अविर लगाएर नवनिर्वाचित जनप्रतिनिधि यादवलाई सम्मान गर्नु भयो । सो अवसरमा स्थानियसगं सक्षिप्त कुरा गर्दै सप्तरी (ख) बाट निर्वाचित प्रदेश सभा सदस्य यादवले बाटो धाट,मल,खाधको समस्या लगायत अन्य समस्या समाधान तर्फ ध्यान दिने बताउनु भयो । उहाँले मलखादमा भएको कालाबजारी अन्त्य गर्दै किसानलाई मलखाद, सिंचाई लगायतको समस्या समाधानको लागी पहल गर्ने स्थानियसगं प्रतिबद्दता ब्यक्त गरे । सो अवसरमा स्थानियहरुको उललाख्य उपस्थिती रहेको थियो । सो अवसरमा पत्रकार देवराम यादव,जनमतका नेता रामगमन साह,भगवती यादव,भुपेन्द्र प्रसाद यादव,बिशेश्वर यादव,ललित यादव,हनुमान मलाह,मों ईसराइल,रामचन्द्र ठाकुर,बद्री यादव,लगायतको उपस्तिी रहेको थियो ।
Discussion about this post