मान बहादुर ठकुल्ला/टीकापुर । कैलालीको टीकापुर नगरपालिका वडा न ७ मा जेष्ठ नागरिक र अपाङ्गता भएका ब्यक्तिलाई आज एक कार्यक्रमकाे आयाेजना गरि सम्मान गरिएकाे छ । चिसाे बढे संगै न्यानाे कपडा बितरण गरेर जेष्ठ नागरिक र अपाङ्गता भएका ब्यक्ति लाई सम्मान गरिएकाे हाे । टीकापुर नगरपालिका वडा न ७ काे आयाेजनामा जेष्ठ नागरिक तथा अपाङ्गता भएका ब्यक्ति सम्मान कार्यक्रम अन्तरगत एक लाख दश हजार बराबरकाे बजेटमा जेष्ठ नागरिक ५६,पुर्ण अशक्त ११,र ग वर्ग का अपाङ्गता भएका ब्यक्ति ७ गरि ७४ जनालाई सम्मान गरिएकाे टीकापुर नगरपालिका वडान ७ का वडा अध्यक्ष यज्ञ प्रसाद न्याैपानेले जानकारी दिए ।
Discussion about this post