शुभ नारायण यादव /सप्तरी। मकरसंक्रांतिको अबसरमा अग्नि पिडित परिवारलाई समाजसेवीले इन्जिनियर सुर्य नारायण यादवले राहत वितरण गरेको छ । बुबा धर्मी र आमा हल्फालाई स्मरण गर्दै निस्वार्थ भावले समाजसेवा गर्दै अाउनु भएको समाजसेवी इन्जिनियर यादवले मातृ ऋण र पितृ ऋणलाई सम्झौं;जन्म दिने तथा पालन-पोषण गर्ने आमा-बुबा र समाज प्रतिको नैतिक जिम्मेवारी ईमानदारी पूर्वक निर्वाह गरौ:सभ्य समाज को निर्माण गरौ भन्ने उदेश्यले नियमित रुपमा दुखमा परेका परिवारलाई राहत वितरण गर्दे आउनु भएको थियोे।
साेहि क्रममा धर्मी हल्फा महिला विकास क्लव सप्तरी द्वारा सप्तरीको छिन्नमस्ता गाउपालिका वडा न. -३ सखडाका अग्निपीडित घुरन चौधरीलाई त्रिपाल ,झुल, तन्ना ,लुगाफाटा र भाडाकुडा लगायतका सामाग्रीहरू वितरण गरेकाे संस्थाका अध्यक्ष एवं समाजसेवी ई सूर्य नारायण यादवले जानकारी दिनुभयो ।
गत पौष २७ गते आगलागि हुदा अनुमानित २ लाख भन्दा बढिको धनसम्पतिको क्षति भएको थियाे ।
उक्त राहत वितरणमा छिन्नमस्ता गाउपालिकाको पशु कार्यालय कोचाबखारीका पशु चिकित्सक चन्द्र नारायण पंडित, समाजसेवी मनोज कुमार यादव,विजय चौधरी, पशुपति चौधरी लगायतका स्थानीय व्यक्तिहरूकाे उपस्थिति रहेको थियाे । यसअघि सप्तरीको राजगढ गाउपालिका वडा न.१ झुटकि अग्नि पिडित धर्म नारायण यादवका परिवारलाई समेत समाजसेवी इन्जिनियर यादवले राहत स्वरुप विभिन्न सामग्रीहरु वितरण गरेकाे थियाे ।
Discussion about this post