इनरुवा । सुनसरीको इनरुवामा लायन्स क्लब अफ धरान पञ्चकन्याले २५ जना विपन्न परिवारलाई कम्बल बितरण गरेकाे छ ।
बुधबार इनरुवा-१ पुकार श्रेष्ठकाे निवासमा भगवान श्री सञ्जय साई बाबाको ३५ औँ जन्मजयन्तीको अवसरमा इनरुवाका २५ जना विपन्न परिवारलाई एक,एक थान कम्बल बितरण गरेकाे हाे ।
शीतलहरले जनजीवन प्रभावित भएपछि अति कष्टकर जीवन बाँचिरहेका विपन्न परिवारलाई केही राहत पाउँने उदेश्यले भगवान श्री सञ्जय साई बाबाको ३५ औँ जन्मजयन्तीको अवसरमा विपन्न परिवारलाई कम्बल बितरण गरेकाे लायन्स क्लब अफ धरान पञ्चकन्याका अध्यक्ष एकता श्रेष्ठले जानकारी दिए।
उक्त कार्यक्रममा इनरुवा नगरपालिकावडा नं-१ काे वडा अध्यक्ष पदका प्रत्यासी पुकार श्रेष्ठले गरिव विपन्न परिवारहरुकाे पहिचान गरि क्लबकाे सहयाेगमा विपन्न परिवारलाई कम्बल बितरण गरेकाे बताउनुभयाे । श्रेष्ठले याे शितलहरमा सबैले यसरी नै सकेसम्म सहयाेग जुटाएर विपन्न परिवारलाई सहयाेग गर्न आग्रह समेत गरे । श्रेष्ठले आफ्नो समय समाजसेवा तथा सामाजिक कार्यमा अग्रसर भएर काम गर्दै आइरहेका छन् ।
उक्त कार्यक्रममा लयन्स क्लबका गवर्नर धिरज गुरुङ,एकता श्रेष्ठ , शम्राट श्रेष्ठ ,पुकार श्रेष्ठ,शंकरनाथ महाजु,राकेश निराैला लगायतकाले उपस्थिति रहेकाे थियाे ।
Discussion about this post