इनरुवा । मधेस आन्दोलनमा सुनसरी सदरमुकाम इनरुवाका प्रथम शहिद हुनुभएका रमेश महातोको सम्झना एवम् बलिदानीको सम्झनामा विहीबार बलिदानी दिवस मनाएको छ ।
वि.स. २०६३ मा तत्कालीन मधेशी जनअधिकार फोरम नेपालका संयोजक उपेन्द्र यादव लगायतका नेताहरुले माग १ गते जारी भएको अन्तरिम संविधानको प्रतिलिपि जलाएको र प्रहरीले उहाँ सहितलाई पक्राउ गरेपछि आन्दोलन सुरु भएको थियो सोही आन्दोलतको चौथो दिन आजैको दिन अर्थात माघ ५ गते २०६३ मा प्रहरीको गोली लागी हत्या भएको रमेश महतोको सम्झनामा विहीबार बलिदानी दिवस मनाएको छ ।
आन्दोलनका क्रममा लहानस्थित लिटिल स्टार बोर्डिङ स्कुलमा अध्यनरत सिरहा मझौराका विद्यार्थी रमेश महतो पहिलो शहीद हुनुभएको र त्यसपछि तराईमधेशभर आन्दोलन चर्किएको थियो सोही सम्झनामा बलिदानी दिवश आयोजक समिति सुनसरीको आयोजनामा मधेस आन्दोलन वर्तमान अवस्था विषयक विचार गोष्टी कार्यक्रम सम्पन्न गरेको हो । विचार गोष्टी कार्यक्रम समितिका संयोजक दिलिपचन्द साहुको अध्यक्षमा सम्पन्न भएको थियो कार्यक्रममा सहित पीता शिवनारायण मेहता, शहिद माता एवम् विदिलाल मेहताकी पत्नी, घाईते रामी मेहता र जगरनाथ मण्डल सहित पाँच जनालाई सम्मान गरेको थियो कार्यक्रममा मधेस आन्दोलनका सुनसरी अगुवाहरुको उपस्थिती रहेकोमा वीरेन्द्र यादव, धर्मबिर आर्य, रामप्रसाद मेहता, विरेन्द्र यादव, एसएन मेहता, रामनारायण यादव, सरोज मिश्रा, देवकृष्ण यादव र सन्तोश मेहता लगायतकाले बलिदानी दिवसको अवसरमा शहिदलाई सम्झीनुका साथै योगदानको चर्चा गर्नुभएको थियो ।
उता मधेस प्रदेश सरकारले विदा दिएकोमा मधेश केन्द्रित दलले विभिन्न कार्यक्रम गरि बलिदानी दिवस मनाएका छन् । सोही क्रममा मधेस प्रदेशमा आज १६ औं बलिदानी दिवसको विदा दिएको छ । १६ वर्ष अगाडी अर्थात् आजकै दिन (०६३ माघ ५ मा) पहिलो मधेश आन्दोलनका क्रममा सिरहाको लहानमा महतो सहिद भएका थिए । कार्यक्रममा रामप्रदान मेहताले मधेश आन्दोलनका पहिलो सहिद महतोको सम्झनामा हरेक वर्ष मधेश केन्द्रित बुद्धिजिविहरु, नागरिक समाज र दलहरूले बलिदानी दिवस मनाउदै आएको बताउनुभयो इनरुवा स्थित उद्योग वाणिज्य संघमा विचार गोष्टी र मधेस लोकतान्त्रिक चौकमा मधेसी सहितहरू प्रति माल्यार्पण गरेका थिए ।
Discussion about this post