मान बहादुर ठकुल्ला /टीकापुर । कैलालीको टीकापुर नगरपालिका वडा न ८ बटनपुरमा जारी माघि मिलन तथा खुल्ला फुटबल प्रतियोगिताकाे उपाधि सगरमाथा युथ क्लबले जित्न सफल भएकाे छ। सगरमाथा युथ क्लब बटनपुरकाे आयाेजना तथा धनसिहपुर बासि प्रबासि समितकाे सहयाेगमा संचालन भएकाे फुटबल प्रतियोगिताकाे फाईनल खेल युनाइटेड एकाडमी स्कुल टीकापुर र सगरमाथा युथ क्लब A बिच भएकाे फाइनल खेलमा सगरमाथा युथ क्लब A बटनपुरले ७- १ गाेल अन्तरले बिजय भई उपाधि आफ्नाे पाेल्टामा पार्न सफल भएकाे छ । आज भएकाे समापन कार्यक्रम सगरमाथा युथ क्लब बटनपुरका अध्यक्ष याेगेन्द्र साउदकाेअध्यक्षतामा भएकाे कार्यक्रममा प्रमुख अतिथि टीकापुर नगरपालिकाका नगरप्रमुख रामलाल डगाैरा थारु रहेका थिए । आयाेजक क्लबका सचिब वीर बहादुर साउदकाे स्वागत मनतब्य संगैलशुरु भएकाे समापन कार्यक्रममा साबिक नारायणपुर गाबिसका पुर्व अध्यक्ष फिकर सिह कडायत , साबिक धनसिहपुर गाबिसका पुर्व अध्यक्ष जंग बहादुर साउद लगायतले मनतब्य राख्नु भएकाे थियाे भने कार्यक्रम संचालन चन्द्र बहादुर साउदले गरेका थिए । माघि मिलन तथा खुल्ला फुटबल प्रतियाेगितामा उत्कृष्ट डिफेन्डरकाे उपाधि आयाेजक टिमका कृष्ण क्षेत्रीले पनए भने उत्कृष्ट गाेल रक्षक जियारत सेकले पाएका छन । त्यसैगरि उत्कृष्ट खेलाडी आयाेजक टिमका पुरन भुले हात पारेका छन भने खेल अवधिभरमा सर्वाधिक गाेलकर्ता आयाेजक टिमका फागुराम चाैधरी रहेका छन चाैधरीले खेल अवधिभर ७ गाेल गर्न सफल भएका छन । माघि मिलन तथा खुल्ला फुटबल प्रतियोगितामा बिजेता सगरमाथा युथ क्लब A बटनपुरले ५१ हजार र उपबिजेता युनाइटेड एकाडमी स्कुल टीकापुरले ३१ हजार सिल्ड मेडल प्रमाणपत्र समेत पाएका छन ।
Discussion about this post