इनरुवा । सुनसरी जिल्लाको सीमावर्ती क्षेत्रमा पछिल्लो समय यता प्रहरीले सकृयता बढाएको छ । जिल्लाको सीमावर्ती क्षेत्रमा भारतीय बजारबाट गुणस्तरहिन र भन्सार छली गरि ल्याएको अवैध माछा आयातमा कडाई गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले मातहतका प्रहरी चौकीको सकृयामा अवैध रुपमा भईरहेको माछाको कारोबार तथा आयातमा कडाई गरिएको हो । प्रहरीले सीमामा आउने कुहिएको, सडेको र मरेको माछा माथि प्रहरीले निगरानी बढाएकोमा अवैध माछाको आयात समेत भएको पाइएकाले थप आयातमा कडाई गरिएको प्रहरी नायव उपरीक्षक राजकुमार राईले जानकारी दिनुभयो । राईका अनुसार आईतबार मात्रै जिल्लाको बर्जु गाउँपालिका ५ स्थित ईलाका प्रहरी कार्यालय साहेबगञ्जबाट खटिएको प्रहरी टोलीले झण्डै ५० हजार रुपियाँ बराबरको माछा बरामत गरेर नष्ट गरेको छ । साहेवगञ्वका प्रहरी बरिष्ठ नायव निरीक्षक जीवन सुबेदीको कमाण्डको टोलीले सीमा नाकामा चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ अवैध रुपमा ल्याउदै गरेको जिउदो मुग्री माछा एक क्विन्टल र मृत जलकपुर माछा ३० केजी नियन्त्रणमा लिई जनप्रतिनिधीहरुको रोहबरमा खाल्डो खनि माछालाई पुरी नष्ट गरेको जनाएको छ ।
Discussion about this post