मान बहादुर ठकुल्ला/भजनी । कैलालीको भजनीबाट प्रहरीले ठुलाे मात्रामा लागुऔषध सहित दुई जनालाई पक्राउ गरेकाे छ । भजनी नगरपालिका वडा न ३ कुसुमघाट स्थित नेपाल भारत सिमा नाकाबाट प्रतिबन्धित लागुऔषध (खैराेहिराेईन) सहित पक्राउ गरिएको हाे । शनिबार दिउसाे करिब ४ बजे टीकापुर नगरपालिका वडा न ८ बटनपुरका आकाश चौधरीले चलाएको से.५ प. २०८९ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा मोटर साइकल पछाडी सवार टीकापुर ७ प्रतिपुर घर भए कि सिवास्नी चौधरीको साथबाट ३० दशमलव ५७ ग्राम लागुऔषध जस्तो देखिने धुलो पदार्थ सहित प्रहरीले पक्राउ गरेको हो । दुबै जना माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post