सुनसरी ।बैदेशिक राेजगारीका कारण दिनप्रतिदिन गाउँघरमा समाजिक विकृति फैलिन थालेका छन् ।
आज शुक्रबार साँझ अन्दाजी ७ बजे सुनसरीस्थित ६ महिने बालिकालाई एक महिलाले आफ्नै बच्चालाई बाँसघारीमा फालेर परपुरूषसँग भाग फालेर भाग्दा स्थानीयहरुले बच्चालाई उद्धार गरेको छ ।
सुनसरीको भोक्राहा नरसिंह वडा नम्बर ७ स्थित नरसिंह र भुटाहा जोड्ने हुलाकी राजमार्ग नजिकै बाँसको घारी फालिरहेको अवस्थामा बेवारिसे बच्चा फेला परेको छ ।
बच्चा कसको र कसले बेवारिसे अवस्थामा छाडेको भन्ने जानकारी प्राप्त भएको छैनन् । स्थानीय प्रहरीले यस प्रकरणको विषयमा अनुसन्धान थालेको जनाएको छ ।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार एकजना पुरुष र महिला पल्सर मोटरसाइकलमा आएर बच्चालाई बेवारिसे अवस्थामा छोडेर पुनः मोटरसाइकलमा चढेर भागेको बताएका छन् ।
भने बच्चालाई स्थानीय प्रहरीकाे जिम्मा लगाएको भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष बाैवालाल यादवले बताए ।
Discussion about this post