बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र नगरपालिका सात दिवसीय निशुल्क आमश उपचार शिविर हुने भएको छ । हेभेन्ली निर्भाणा पाथ सुनसरी शाखाको आयोजनामा फाल्गुन १६ गतेदेखि हुने शिविर भएको हो ।
आइतबार पत्रकार सम्मेलन गर्दै आयोजकले आमश विधिद्वारा रोगको उपचार गरिने जानकारी दिएको हो ।
के हो आमश विधि ?
आमश भनेको आत्म, मन र शरीरको उपचार पद्धति हो । ‘स्वास्थ जीवन सन्तुष्ट मन हाम्रो अमूल्य धन’ भन्ने नाराका साथ आमश स्वास्थ शिविर हुने भएको छ । जसअन्तर्गत प्यारापाइसेस, ग्यास्ट्राइटिक्स, गानोगोला, माइग्रेन, उच्च रक्तचाप, युरिक एसिड (हातगोडा दुख्ने), खाना नपच्ने, पिनास, ढाँडको समस्या, नसा सम्बन्धि र मानसिक रोग सम्बन्धि उपचार गर्नेछ । हेभेन्ली निर्भाणा पाथले विगतमा भुकम्पपीडितलाई सहयोग गर्नेदेखि सडक जनावर तथा सडक मानिसहरूलाई निशुल्क खाना खुवाउने र निशुल्क स्वास्थ शिविरहरु सञ्चालन गर्ने जस्ता परोपकारका कार्यहरू गर्दै आएको पत्रकार सम्मेलनमा जनाइएको थियो । यसैक्रममा बराहक्षेत्रको चक्रघट्टीस्थित आमश पद्धतिद्वारा निशुल्क शिविर सञ्चालन गर्ने तय भएको कार्यक्रम संयोजक अबियोग राईले जानकारी दिए । उपचारका निम्ति जुनसुकै उमेर समुहका रोगीहरु पनि आउन सक्नेछन्, कहिँकतैबाट पनि उपचार निको नभएका रोगहरु पनि हामीकहाँ आउन सक्नुहुनेछ, उनले भने । शिविरको अन्तिम दिन (२३ गते) भने डा. स्वामी बालतपस्वी सदगुरु ॐ नन्द परम गुरुको उपस्थितिमा प्रेमवादी सन्देश सँगै सामुहिक उपचार हुने उनको भनाइ छ ।
पत्रकार सम्मेलनमा संस्थाका महेन्द्रनगर गाविस (सविक) का कार्यवाहक अध्यक्ष रामप्रसाद साम्पाङले यो संस्थालाई विभिन्न धर्मवादी आक्षेप लाग्ने गरेको भएपनि त्यो सत्य नभएको जिकिर गरे । आमश उपचार पद्धति आफैमा बैज्ञानिक तथा प्राकृतिक भएको बताइएको छ ।
Discussion about this post