इनरुवा । महिनावारी रहर होइन, बाध्यता हो । यो प्राकृतिक प्रक्रिया पनि हो । किशोरी अबस्थामा पुगेको या अब प्रजनन क्षमतामा दक्ष भए भन्ने संकेत पनि हो महिनावारी, बिशेषत १० बर्ष देखि ४९ बर्षको उमेर सम्म यो क्रम चलिरहन्छ ।
यसैलाई मध्यनजर गर्दै सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ (ख)काेशी प्रदेशका प्रदेश सभा सदस्य इस्राईल मन्सुरीको सहयोगमा सुनसरी बहुमुखी क्याम्पसमा अध्ययरत छात्रा विद्यार्थीहरुलाई एक कार्यक्रम मार्फत प्याकेट सेनेटरी प्याड वितरण गरिएको छ ।सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका वडा नं-४ स्थित सुनसरी बहुमुखी क्याम्पसका छात्रा विधार्थीहरुलाई सेनेटरी प्याड वितरण गरिएको हाे । नेपाल विद्यार्थी संघ सुनसरी बहुमुखी क्याम्पस इकाई समितिको आयोजना र १ नम्बर प्रदेश सभा सदस्य इस्राईल मन्सुरीको सहयोगमा छात्रा विद्यार्थीहरुलाई बुधबार २५२ वटा प्याकेट सेनेटर प्याड वितरण गरेका छन् । सेनेटरी प्याड वितरण कार्यक्रममा नेपाल विद्यार्थी संघ सुनसरी बहुमुखी क्याम्पस इकाई समितिका सभापति सेराज हुसैनको अध्यक्षता र प्रदेश १ का संसद इस्राईल मन्सुरीको प्रमुख अतिथित्यता एवम् जिल्ला समन्वय समिति सुनसरीका प्रमुख तथा जिल्ला समन्वय समिति महासंघका केन्द्रिय अध्यक्ष राजन मेहताको उपस्थिती रहेको थियोे ।
Discussion about this post